×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कैलाश विकास बैंकको ५ः१ अनुपातमा हकप्रद सेयर फागुन ६ देखि खुल्दै

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

कैलाश विकास बैंकको ५ः१ अनुपातमा हकप्रद सेयर फागुन ६ देखि खुल्दै

१ फाल्गुन २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं  – कैलाश विकास बैंकले ५ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएको छ । बैंकले फागुन ६ देखि एक सय रुपैयाँ अंकित मूल्यको ३१ लाख ६० हजार ६७२ कित्ता सेयर बिक्री गर्न लागेको हो । यो हकप्रद सेयर चैत्र १० गते सम्म भर्न पाइनेछ ।  पुस १३ गतेसम्म कायम रहेका सेयरधनीले मात्र भर्न पाउनेछन् । 
सेयर भर्नको लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेड राष्ट्रिय नाचघर, जमल काठमाडौंबाट आवेदन फारम बुझाउन पाइनेछ । यसैगरी, कैलाश विकास बैंकका देशभरिका अधिकांश शाखा कार्यलयबाट पनि आवेदन बुझाउन पाइनेछ । यो हकप्रदमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गरेको छ । 
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कैलाशले २६ करोड ३८ लाख ६३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी २६ रुपैयाँ ३१ पैसा रहेको कैलाशको प्रतिसेयर नेटवर्थ भने एक सय ३७ रुपैयाँ १० पैसा छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: