Skip to content
LAXMI SUNRISE BANK

कुमारी बैंकले फेरि २० प्रतिशत हकप्रद जारी गर्ने, यसरी पुग्दैछ आठ अर्ब चुक्तापुँजी

अर्थ सरोकार

 

कुमारी बैंक लिमिटेडले फेरि २० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको छ । बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । सञ्चालक समितिको सोही बैठकले साधारण सभाको मिति समेत तय गरेको छ । बैंकले आगामी चैत्र ९ गतेका लागि साधारणसभा डाकेको छ । जसका लागि फागुन २० गतेदेखि सेयरधनी पुस्तिका बन्द गर्ने निर्णय भएको बैंकले जनाएको छ । 

उक्त साधारणसभाले हाल कायम चुक्तापुँजीको २१ प्रतिशत बोनस सेयर र ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्नेछ । हकप्रद निष्काशनका लागि कुमारीले धितोपत्र बोर्डबाट स्वीकृत पाइसकेको छ । हाल कुमारी बैंकको चुक्तापुँजी दुई अर्ब ६९ करोड ९१ लाख रुपैयाँ रहेको छ । बोनस सेयर र हकप्रद सेयर जारी गरेपछि बैंकको चुक्तापुँजी चार अर्ब ६१ करोड ५४ लाख ९४ हजार रुपैयाँ पुग्नेछ । 
यसबाहेक, कुमारीले काष्ठमण्डप, महाकाली, काँक्रेबिहार विकास बैंक र पश्चिमाञ्चल फाइनान्सलाई एक्वायर गर्ने सम्झौता गरिसकेको छ । यी ४ वटा संस्थालाई एक्वायर गरेपछि कुमारी बैंकको चुक्ता पुँजी छ अर्ब रुपैयाँ नाघ्नेछ । त्यसपछि बैंकले २० प्रतिशत हकप्रद सेयर जारी गरेर चुक्तापुँजी आठ अर्ब नजिक पुर्याउनेछ । चालू आर्थिक वर्षमा हुने कमाईबाट बोनस सेयर जारी गरेर बैंकले आठ अर्ब रुपैयाँभन्दा बढी चुक्तापुँजी पुर्याउनेछ । 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK