
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – लक्ष्मी बैंक लिमिटेडले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा ३४ दशमलब ०१ प्रतिशतले खुद मुनाफा बढाएको छ। गत आर्थिक बर्षको यस अवधिमा ३३ करोड ३२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको बैंकले यस अवधिमा ४० करोड ६३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ।
यस अवधीमा बैंकले ३५ दशमलव १४ प्रतिशतले बढाएर ५५ अर्ब ५५ करोड ४८ लाख रुपैयाँ निक्षेप संकलन गरि ४६ अर्ब ७१ करोड १ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। यस अवधिमा बैंकको खराब कर्जा अनुपात शुन्य दशमलव १७ प्रतिशतले बढेर १ दशमलव ३१ प्रतिशतमा झरेको छ।
यस अवधीमा बैंकको खुद ब्याज आम्दानी र संचालन मुनाफामा उल्लेख्य प्रगति हुँदा कमाई समेत ३४ प्रतिशतले बढेको छ। बैंकको खुद ब्याज आम्दानी ७७ करोड ६५ लाख रुपैयाँ रहेको छ भने ४८ करोड ९५ लाख रुपैयाँ संचालन मुनाफा गरेको छ।
यस अवधिमा बैंकको चुक्ता पुंजी ३ अर्ब ३ करोड ९२ लाख रुपैयाँ रहेको छ भने जगेडा कोष रकम ३ अर्ब ६२ करोड ६७ लाख रुपैयाँ पुर्याएको छ। २४ करोड चुक्ता पूँजी रहेको प्रोफेसनललाई प्राप्ति पश्चात लक्ष्मी बैंकको चुक्ता पूँजी ३ अर्ब २७ करोड रुपैंयाँ पुगेको छ।
यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी २६ दशमलव ७४ रुपैयाँ, मुल्य आम्दानीको अनुपात २८ दशमलव ५३ गुणा, प्रतिशेयर नेटवर्थ २ सय १९ दशमलव ३३ रुपैयाँ र कर्जा निक्षेप अनुपात ७७ दशमलब ६९ प्रतिशत रहेको छ।
दियालोलाई गाभेपछीको कायम चुक्ता पुंजीबाट शतप्रतिशत हकप्रद दिने र हकप्रद वितरणपछि चुक्ता पुंजी ६ अर्ब ५४ करोड पुग्ने छ। यहि चुक्ता पुंजीलाई समायोजन गर्दा ३८ प्रतिशत बोनस सेयर १८ दशमलब २९ प्रतिशत हुने उल्लेख छ। हकप्रद वितरणपछी बैंकको चुक्ता पुंजी ७ अर्ब ७३ करोड पुग्ने छ।
अहिले कायम चुक्ता पुंजीबाट शतप्रतिशत हकप्रद र हकप्रद वितरणपछि कायम चुक्ता पुंजीको १८ दशमलब २८ प्रतिशत बोनस सेयर वितरणपछि बैंकको अहिले देखाइएको प्रति सेयर आम्दानीमा सन्तुलन चुनौतीपूर्ण रहने देखिएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्