×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माछापुच्छ्रेको पौने ४ लाख कित्ता हकप्रद शेयर लिलामीमा

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

माछापुच्छ्रेको पौने ४ लाख कित्ता हकप्रद शेयर लिलामीमा

१३ फाल्गुन २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – माछापुच्छ्रे बैंक (Machhapuchhre Bank Limited) ले बिक्री नभएको ३ लाख ७१ हजार ८ सय २९ कित्ता हकप्रद शेयर लिलामीमा राखेको छ । यो शेयर संख्यामध्ये संस्थापकतर्फको ४८ हजार ६ सय २३ कित्ता र सर्वसाधारण समूहको ३ लाख २३ हजार २ सय ६ कित्ता शेयर मूल्य बढावढमा बिक्री हुने भएको हो ।
उक्त लिलामीमा रहेको हकप्रद शेयरको लागि फागुन २७ गतेदेखि चैत ३ गतेसम्म इच्छुकले गोप्य शिलवन्दी बोलपत्र आवेदन दिन सक्ने जनाईएको छ । न्यूनतम मूल्य १ सय रुपैयाँबाट बोलकबोल सुरु गर्नुपर्नेछ । त्यस्तै एक जना आवेदकले कम्तीमा १ सय कित्ताका लागि र बढीमा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्ने बिक्री प्रवन्धक सिभिल क्यापिटलले जनाएको छ ।
आवेदकले माछापुच्छ्रे बैंक (MBL) लाजिम्पाटमा रहेको सिभिल क्यापिटल मार्केट लिमिटेडको खाता नम्वर १६०१५२४१४७२३५०१४ मा रकम जम्मा गरी त्यसको सक्कली भौचर, नागरिकताको फोटोकपी, भरेको फारम र फोटो संलग्न गरी आवेदन दिनुपर्नेछ ।
चैत ४ गते शिलबन्दी बोलपत्रको नतिजा खोलिने सिभिल क्यापिटलले जनाएको छ । स्मरण रहोस् बिहीबार कारोबार बन्द हुँदा बैंकको शेयर मूल्य प्रतिकित्ता ३ सय ६७ रुपैयाँ रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: