×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महालक्ष्मीले भित्र्यायो लक्ष्मी नै लक्ष्मी, मुनाफामा १५८ प्रतिशतले वृद्धि

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

महालक्ष्मीले भित्र्यायो लक्ष्मी नै लक्ष्मी, मुनाफामा १५८ प्रतिशतले वृद्धि

Artha Sarokar

२३ माघ २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – महालक्ष्मी विकास बैंक लिमिटेड  (Mahalaxmi Bikash Bank Ltd) ले दोस्रो त्रैमासमा खुद मुनाफा १२ करोड ८७ लाख रुपैयाँ कमाएको छ, जुन गत वर्षको तुलनाभन्दा १ सय ५८ दशमलव २० प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्षको सोहि अवधिमा ४ करोड ९८ लाख रुपैयाँ कमाएको थियो ।
१ अर्ब १५ करोड ६२ लाख रुपैयाँ चुक्ता पुँजी भएको महालक्ष्मी बैंकले जगेडाकोषमा ७० करोड २७ लाख रुपैयाँ राखेको छ । निक्षेपमा २१८ प्रतिशतले वृद्धि गरी ११ अर्ब ७८ करोड ३३ लाख रुपैयाँ संकलन गरी कर्जामा ९ अर्ब ८८ करोड ९ लाख रुपैयाँ लगानी गरेको छ । बैं
कको खुद व्याज आम्दानीमा २ सय ४७ दशमलव ३० प्रतिशतले वृद्धि गरी ३० करोड रुपैयाँ पुगेको छ भने संचालन मुनाफा २ सय ९० प्रतिशतले वृद्धि गरी २० करोड ७ लाख रुपैयाँ पुगेको छ ।
बैंक  (MBBL) को निष्कृय कर्जा ४ दशमलव ४१ प्रतिशत रहेको छ भने १६ दशमलव ९९ प्रतिशत जोखिम युत्त सम्पत्ति रहेको छ । प्रतिशेयर आम्दानी २२ दशमलव २६ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १२ दशमलव ५८ गुणा, प्रतिशेयर नेटवर्थ १ सय ६० दशमलव ७८ रुपैयाँ र तरलता अनुपात ३२ दशमलव ०४ प्रतिशत रहेको छ  ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी