×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयर बजार सफलता मन्त्र, ‘अवसरको पहिचान र Mass Psychology अध्ययन’

PRIME CA

सेयर बजार सफलता मन्त्र, ‘अवसरको पहिचान र Mass Psychology अध्ययन’

अर्थ सरोकार

१९ माघ २०७३, बुधबार

पढ्न लाग्ने समय: < २ मिनेट

  • रामु खनाल, सेयर बजार विश्लेषक 

सेयर बजारबाट लाभ लिन धेरै कुराहरुको अध्ययन र हरेक कुराहरुको तालमेल मिलाउनु पर्छ । बाहिर भन्न जति सजिलो छ  शेयर बजार बाट नाफा कमाउन उतिकै  गाह्रो पनि छ । तर हरेक कुराको राम्रो तालमेल मिलाउने हो भने शेयर बजार बाट राम्रो आम्दानी गर्न पनि सकिन्छ । जसको लागि कम्पनी विश्लेषण देखि हरेक कुराहरु  हेर्नु पर्ने हुन्छ  । साथमा  सहि  समयमा सहि सुचना पहिचान गरि खरिद बिक्रीको निर्णय गर्न सक्नुपर्छ ।
शेयरमा ाव्यावसायिक लगानीकर्ता बन्ने हो भन्ने खरिद बिक्रीमा हतार गर्नु हुदैन । अबसरहरुको खोजि गर्नु पर्छ । जब बजार उच्च बिन्दुमा पुगेको आफुलाई महसुश हुन्छ ।  बजार घटाउने  बिभिन्न कुराहरु बजारमा आयो कि तिनीहरुहरुको पहिचान र विश्लेषण गरि बाहिरिनु पर्छ । जुन समयमा बजार १८८१ बिन्दुको हाराहारीमा थियो त्यो बेला कालो धन छानबिन गर्ने लगायत बिबिध कुराहरु गरियो । Mass Psycholgy मा Negative असर पर्यो अनि बजार निरन्तर घट्यो । अनुभबी र पुराना लगानीकर्ताहरु उति बेलै बजारबाट बाहिरिनु भयो । नया र अनुभव कम हुनेहरु लामो समय फस्नु भयो । अझ कतिले घाटामा मै पनि शेयर बेच्नु भयो ।   
अहिले बजार करिब १२९३ बिन्दुमा पुगेर फर्कियो । जब सम्म बजारमा सकरात्मक असर पर्ने ठुलो खबर केहि आएन । बजार निरन्तर घटिरहयो । जब Online Trading को कुरा आयो अनि बजार बढ्यो । यसले  Mass Psycholgy मा सकारात्मक असर पार्यो  र  बजार बढ्यो । जब बजार निरन्तर गिरावटमा थियो कम्पनीहरुको Right Share “ नखाऊ भने दिन भरिको शिकार खाऊ भने कान्छा बाबुको अनुहार”  जस्तै निल्नु न ओकल्नु भएको थियो । Bounus शेयरले केहि राहत महसुश गराएको थियो । Cash दिनु र नदिनुको कुनै औचित्य नै थिएन ।  जब बजार UP Trend वा Market Stable हुन्छ  त्यो बेला हो Right , Cash Dividend ले केहि काम गर्ने । दुखको बेलामा काम लाग्ने  भनेको नै Bonus  शेयर हो । 
१८८१ बिन्दुको हाराहारिमा बाहिरिन नसक्नु भएका अनुभबि सेयर ब्यापारीहरुले डराएर शेयर त बेच्नु भएन । Right र Bonus जोड्नु भयो । जो बजारको रमिता हेर्न आउनु भएको थियो उहाहरु डराएर भाग्नु भयो । लामो समय सम्म बजारमा  टिक्छु भन्नेहरुले अब Right र Bonus सहित नाफामा शेयर बिक्रि गर्नु हुन्छ । जो शेयर बजारको रमिता हेर्न आउनु भएको थियो अलिकति पैसा चढाएर जानुभयो । 
यदि तपाई पनि लामो समय सम्म बजारमा टिकिरहने हो  भने शेयर खरिद बिक्रि गर्न कहिल्यै हतार गर्नु हुँदैन । उचित अबसरको खोजि गरिरहनु  पर्छ । उचित अवसरको पहिचान पछि कुनै हालतमा पनि छोड्नु हुदैन । सहि समयमा मात्र  खरिद र बिक्रि गर्नु पर्छ ।  जसको लागि सहि  सूचना पहिचान गर्नु पर्छ । जोस होस गुमाउनु हुदैन तर खरिद बिक्रीको अबसर पहिचान गरि उपयुक्त समयमा उपयुक्त निर्णय लिन कुनै हालतमा पनि छोड्नु हुदैन जसमा  Mass Psycholgy अध्ययन गर्नु नितान्नत आबश्यक छ ।   
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: