- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले ५० प्रतिशत हकप्रद निष्कासन अनुमति माग्न धितोपत्र बोर्ड पुगेको छ । मिर्मिरेले एक करोड ५० लाख रुपैयाँको एक लाख ५० हजार कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । २ः१ अनुपातमा आउने यो हकप्रदमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गर्दैछ ।
मिर्मिरेले गत वर्षको मुनाफाबाट ५० प्रतिशत बोनस सेयर दिइसकेको छ । हाल मिर्मिरेको चुक्ता पुँजी तीन करोड रुपैयाँ छ । यो माइक्रोफाइनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ८४ लाख दुई हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी ५६ रुपैयाँ ०२ पैसा ९बार्षिकीकरण० रहेको मिर्मिरेको प्रतिसेयर नेटवर्थ भने १७८ रुपैयाँ ८८ पैसा छ ।