×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मिसन डेभलपमेन्ट बैंकले पायो एक सय प्रतिशत हकप्रद बिक्री गर्ने अनुमति

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

मिसन डेभलपमेन्ट बैंकले पायो एक सय प्रतिशत हकप्रद बिक्री गर्ने अनुमति

Artha Sarokar

९ फाल्गुन २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – मिसन डेभलपमेन्ट बैंकले एक सय प्रतिशत सेयर निष्कासन गर्ने अनुमति पाएको  छ । मिसनलाई धितोपत्र बोर्डले १.१ एक कित्ता बराबर थप अर्को एक कित्ता  अनुपातमा हकप्रद सेयर जारी गर्न अनुमति दिएको हो ।
मिसनले अब १९ करोड ४९ लाख २५ हजार रुपैयाँको १९ लाख ४९ हजार २५० कित्ता हकप्रद सेयर बिक्री खुला गर्नेछ । मिसनमा बिक्री प्रबन्धकको काम भिबोर क्यापिटल लिमिटेडले गर्दैछ । 
बोर्डबाट अनुमति पाइसकेकाले बैंकले अब केही समयभित्रै हकप्रद निष्कासन प्रक्रिया अघि बढाउने छ । बैंकको हाल चुक्ता पुँजी १९ करोड ४९ लाख २५ हजार रुपैयाँ छ । यो हकप्रदपछि बैंकको चुक्ता पुँजी शतप्रतिशतले बढोत्तरी भएर ३८ करोड ९८ लाख ५० हजार पुग्नेछ ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा मिसनले तीन करोड ६६ लाख ६१ ह्जार रुपैयाँ खुद नाफा कमाएको छ । मिसनको प्रतिसेयर आम्दानी ३७ रुपैयाँ ६१ पैसा छ । 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी