×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मिसन डेभलपमेण्ट बैंकले पुर्याउदै छ आफ्नो मिसन ,चालु आर्थिक वर्षमा खुद मुनाफा ३ करोड पुग्यो

PRIME CA
GLOBAL IME BANK

मिसन डेभलपमेण्ट बैंकले पुर्याउदै छ आफ्नो मिसन ,चालु आर्थिक वर्षमा खुद मुनाफा ३ करोड पुग्यो

२१ माघ २०७३, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – मिसन डेभलपमेण्ट बैंक लिमिटेड (Mission Development Bank Ltd) ले चालु आर्थिक वर्ष २०७३र७४ को दोस्रो त्रैमाशमा खुद मुनाफा ३ करोड ६६ लाख रुपैयाँ कमाउन सफल भएको छ । यो गत वर्षको सोहि अवधिको तुलनाभन्दा १ सय ११ दशमलव ७६ प्रतिशतले बढी हो । बैंकले गत वर्षको सोहि अवधिमा १ करोड ७७ लाख  रुपैयाँ कमाएको थियो ।

१९ करोड ४९ लाख रुपैयाँ चुक्ता पूँजी भएको मिसन डेभलपमेण्ट बैंकले जगेडा कोषमा १० करोड ४० लाख रुपैयाँ छुट्याएको छ । बैंकको निक्षेप ६४ दशमलव २२ प्रतिशतले वृद्धि गरी २ अर्ब ६२ करोड संकलन गरी कर्जामा २ अर्ब २५ करोड ७० लाख रुपैयाँ लगानी गरेको छ ।
 बैंकको खुद व्याज आम्दानी ६१ दशमलव ७० प्रतिशतले बढेर ७ करोड ६४ लाख रुपैयाँ पुगेको छ । संचालन मुनाफा १ सय ११ दशमलव ११ प्रतिशतले वृद्धि गरी ५ करोड ७१ लाख रुपैयाँ पुगेको छ । बैंकको प्रोभिजनमा ६९ लाख रुपैयाँ राखेको छ ।
बैंक (MIDBL) को जोखिम युक्त सम्पति १२ दशमलव २७ प्रतिशत रहेको छ भने निष्क्रिय कर्जा शून्य दशमलव ३७ प्रतिशत रहेको छ । बैंकको प्रतिशेयर आम्दानी ३७ दशमलव ६१ रुपैयाँ र तरलता अनुपात २१ दशमल ५२ प्रतिशत रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: