×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मुक्तिनाथ विकास बैंकको सेयरमा बोलकबोल गर्ने आज अन्तिम दिन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

मुक्तिनाथ विकास बैंकको सेयरमा बोलकबोल गर्ने आज अन्तिम दिन

Artha Sarokar

१९ माघ २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाण्डौं – मुक्तिनाथ विकास बैंक लिमिटेडको सेयरमा बोलकबोल गर्ने म्याद आज बुधबार सकिदैछ । बैंकले संस्थापक र सर्बसाधारण गरी एक लाख १३ हजार छ सय ६० कित्ता सेयर बोलकबोल मार्फत बिक्री खुला गरेको छ । 
बैंकले असोज २१ देखि कात्तिक २५ गतेसम्म हकप्रदमा बिक्री नभएको सेयर माघ १२ गतेदेखि माघ १९ गते कार्यालय समयभित्र बोलकबोल मार्फत बिक्री गर्न लागेको हो । बैंकले सर्वसाधारण समूहतर्फको एक लाख तीन हजार एक सय ६७ कित्ता र १० हजार चार सय ९३ कित्ता संस्थापक सेयर बोलकबोलमा बेच्न लागेको हो ।
 ईच्छुक लगानीकर्ताले बुधबारसम्म बोलकबोलमा आवेदन गर्न सक्नेछन् । लगानीकर्ताले कम्तिमा एक सय रुपैयाँ अंकित मूल्य तोकी त्यसभन्दा बढी अंकित मूल्य राखेर आवेदन गर्न सक्नेछन् । बैंकको सेयरमा बोलकबोल गर्नेले न्युनतम एक सय कित्तादेखि लिलाममा राखिएको सबै कित्ताको लागि आवेदन गर्न सक्नेछन् । 
बोलकबोल मार्फत सेयर लिलामी गर्न बिक्री प्रबन्धक एनआइबीएल क्यापिटल तथा मुक्तिनाथ विकास बैंक, पृथ्विचोक, पोखराबाट आवेदन फारम लिन र बुझाउन सकिनेछ । विक्री प्रबन्धक एनआइबीएल क्यापिटलले बोलपत्र माघ २१ गते शुक्रबार दिउँसो ३ बजे लाजिम्पाटमा खोल्नेछ । 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी