×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल बंगलादेशको नयाँ लोगो सार्वजनिक

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

नेपाल बंगलादेशको नयाँ लोगो सार्वजनिक

७ फाल्गुन २०७३, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – नेपाल बंगलादेश बैंक लिमिटेडले फागुन ६, २०७३ मा एक समारोहका बीच दरबारमार्गस्थित होटल अन्नपूर्णमा आफ्नो संस्थागत नयाँ लोगो सार्वजनिक गरेको छ । नयाँ लागो सार्वजनिक गर्दै बैंक संचालक समितिका अध्यक्ष जलाल अहमदले नयां लागो संगै बैंक नयां चरणमा प्रवेश गरेको बताएका छन् । उनले नयाँ लोगोको प्रवद्र्धनले बैैकको छविलाई अझ उच्च बनाउन मद्दत गर्ने तथा बैंकले पनि आफ्नो सेवा सुविधालाई अझ चुस्तदुरुस्त बनाउने बताए । 
उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका उच्च पदस्थ कर्मचारी, विभिन्न संघसंस्थाका प्रतिनिधि, बैंक संचालक समितिका सदस्यहरु, प्रमूख कार्यकारी अधिकृत लगायत बैंकका कर्मचारीहरुको उपस्थिति रहेको थियो । बैंकको विगत वर्षहरुदेखि प्रचलनमा रहेको आफ्नो लोगोलाई थप केही परिमार्जन गरि अझ बढि जिवन्त बनाई हरेक कदममा अगाडि बढ्ने प्रतिवद्धता झल्किने खालको रंग र आकारमा नयां लोगोलाई प्रस्तुत गरिएको जनाएको छ । 
नयाँ लोगोमा रातो र हरियो रंगको प्रयोग गरिएको छ । बैंकले उक्त लोगोमा प्रयोग भएको रातो रंगलाई हार्दिकता, परिपक्कता, निर्भिकता, उत्साह र उर्जाको समिश्रणको रुपमा लिएको तथा हरियो रंगलाई विश्वासनीयता, सृजनशिलता, गतिशिलता, प्रगतिको समिश्रणको रुपमा लिएको जनाएको छ ।
अहिलेको वर्तमान विषम परिस्थितिमा पनि नेपाल बंगलादेश बैक एक उत्कृट, विश्वसनीय, सक्षम र सृजनशिल बैैंक हो र भविष्यमा पनि आफ्ना ग्राहकवर्ग तथा समग्र समाजमा आफ्नो छुट्टै पहिचान कायम गर्न सफल हुने प्रतिवद्धता जनाउनको लागि नयाँ लोगोले सहयोग गर्ने विश्वास बैंकले लिएको छ । उक्त नयां लागोले बैंकको पहिचानमा थप मद्दत पुग्ने तथा बैंक, वित्तिय संस्थाहरुको भिडभाडमा पनि आफ्नो बजारीकरणलाई अझ टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।
चालु आर्थिक वर्षको दोस्रो त्रयमासको वित्तिय विवरण अनुसार बैंकको कुल चुक्ता पूंजी रु. ४.०१ अर्ब, निक्षेप संकलन रु. ४१.०३ अर्ब तथा कर्जा लगानी रु. ३६.२० अर्ब रहेको छ । साथै सोही अवधिको खुद नाफा रु. ५४.०६ करोड रहेको छ । बैंकले हाल ४३ शाखा, ७ शाखारहित सेवा, २ एक्सटेन्सन काउन्टर तथा ३९ वटा एटिएम बाट आफ्नो सेवा उपलब्ध गराई रहेको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: