×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल बैंकले गर्यो कमालको कमाई, १ अर्ब ८९ करोड खुद मुनाफा आर्जन

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

नेपाल बैंकले गर्यो कमालको कमाई, १ अर्ब ८९ करोड खुद मुनाफा आर्जन

२५ माघ २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाण्डौ – नेपाल बैंक लिमिटेडले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा आकर्षक कमाई गरेको विवरण प्रस्तुत गरेको छ । यस अवधिमा बैंकको कमाईमा ८० दशमलब ७९ प्रतिशतले कमाई बढेको छ । 
गत आर्थिक बर्षको यस अवधिमा १ अर्ब ४ करोड रुपैयाँ कमाई गरेको बैंकले यस अवधिमा १ अर्ब ८९ करोड खुद मुनाफा आर्जन गरेको छ । 
यस अवधिमा बैंकले ठुलो परिणाममा निक्षेप संकलन गर्न सफल भएको छ । यस अवधिमा बैंकले ८४ अर्ब ८३ करोड निक्षेप संकलन गरि ७० अर्ब ८१ करोड कर्जा परिचालन गरेको छ । गत बर्षको यस अवधिमा बैंकले ८० करोड २२ अर्ब निक्षेप संकलन गरि ५५ अर्ब १३ करोड कर्जा प्रवाह गरेको थियो। 
यस अवधीमा बैंकको संचालन मुनाफा दुई गुणाले बढेको छ भने खुद ब्याज आम्दानीमा समेत उल्लेख्य प्रगति गरेको छ । बैंकले यस अवधिमा २  अर्ब ५४ करोड खुद ब्याज आम्दानी गरेको छ भने २ अर्ब ५४ करोड संचालन मुनाफा गरेको छ । गत बर्षको यस अवधिमा बैंकले ६४ करोड ३६ लाख खुद ब्याज आम्दानी गरेको थियो भने १ अर्ब ८१ करोड सचालन मुनाफा गरेको थियो । 
यस अवधिमा बैंकको चुक्ता पुंजी ६ अर्ब ४९ करोड रहेको छ भने बैंकको जगेडा रकम २ अर्ब २६ करोड रुपैयाँले धनात्मक बनेको छ । गत आर्थिक बर्षको यस अवधीमा बैंकको जगेडा कोष रकम १ अर्ब ५४ करोडले ऋणात्मक थियो । यस अवधिमा बैंकको खराब कर्जा अनुपात ३ दश्मलब ८५ प्रतिशतबाट २ दशमलब ८५ प्रतिशतमा झरेको छ ।  
यस अवधिमा बैंकको प्रति सेयर आम्दानी ५८ रुपैयाँ ३१ पैसा, प्रति सेयर नेटवर्थ १३५ रुपैयाँ ५४ पैसा, मूल्य आम्दानीको अनुपात ६ दशमलब ९५ गुणा र कर्जा निक्षेप अनुपात ७५ दशमलब ८९ प्रतिशत रहेको छ ।
हाल बैंक २३ दशमलब ७४ प्रतिशत हकप्रद बिक्रि गर्ने तयारिमा रहेको छ । हकप्रद वितरणपछि बैंकको चुक्ता पुंजी ८ अर्ब नाघ्ने छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: