×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल लाइफको एफपिओको पैसा बैकहरुले १० प्रतिशत ब्याजमा लिए

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

नेपाल लाइफको एफपिओको पैसा बैकहरुले १० प्रतिशत ब्याजमा लिए

१९ माघ २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – नेपाल लाइफ इन्स्योरेन्सको एफपिओमा परेको पैसा बैंकहरुले १० प्रतिशत ब्याजमा चलाएका छन्। २८ बाणिज्य बैकमध्ये दुई वटाले १२ प्रतिशतसम्म ब्याज तिरे पनि बाँकी २६ ले १० प्रतिशतमा पैसा लगेका हुन्।
धितोपत्र वोर्डले सेयरमा परेको पैसा राष्ट्र बैकमा राख्नु नपर्ने व्यवस्था गरेपछि त्यो पैसा बजारमा आएको हो। कम्पनीको एफपिओमा ५२ अर्ब रुपैयाँ वरावरको आवेदन परेको थियो।  यो रकम बैंकहरुले ४५ दिन हाराहारी प्रयोग गर्न पाउँछन्।
यसमध्ये ४२ अर्ब राष्ट्र बैंकमा जम्मा भइसकेको थियो। १० अर्ब जम्मा हुने क्रममा थियो। राष्ट्र बैकले समयअघि नै रकम बजारमा पठाएपछि कर्जा(पूँजी(निक्षेप अनुपात सिसिडी रेसियो झरेको छ।
ु८०र८२ प्रतिशतसम्म पुगेको सिसिडि रेसियो ७७र७८ प्रतिशतमा झरिसकेको छ एक बैंकरले भने, बैंकहरुले नयाँ कर्जा दिँदैनन् अब पहिले नै फाइल प्रोसेसिङ भएको कर्जा मात्र दिन्छन्।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: