
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – नेपाल एसबिआई बैंक लिमिटेडले निष्काशन गरेको नयाँ साधारण सेयर फर्दर पब्लिक अफारिंङ०आगामी हप्ता भित्र बाँडफाँड हुने भएको छ। बैंकले गत पुष ११ देखि पुष १४ सम्म एक सय रुपैयाँ अंकित दरमा ८७१ रुपैयाँ प्रिमियम मूल्य थपेर प्रतिकित्ता ९७१ रुपैयाँका दरले ६७ हजार ७ सय ६७।८७ कित्ता शेयर एफपीओ बिक्रि गरेको हो।
एफपीओ बाँडफाँड गर्नु पर्ने मिति नजिकिदै गर्दा काम तिब्र रुपमा अघि बढेको एनएमबि क्यापिटलले जनाएको छ। ुएफपीओ बाँडफाँडको मिति नजिकिदै छ, समयमै बाँडफाँड गर्नका लागि काम तिब्र रुपमा अघि बढेको छ, सम्भवत अर्को हप्ता भित्र बाँडफाँड हुने छु क्यापिटलका बिजनेश म्यानेजर रिकेश श्रेष्टले बताए।
बैंकले निष्काशन गरेको ६७ हजार ७ सय ६७।८७ कित्ता शेयर एफपीओमा ७३ गुणा बढीको आबेदन परेको थियो। ६ करोड ५८ लाख रुपैयाँ बराबरको एफपीओमा ५७ हजार आवेदकबाट ४ अर्ब ८२ करोड रुपैयाँ बराबरको आबेदन परेको थियो।
बैंकले हाल कायम रहेको संस्थापक र साधारण शेयरको अनुपात मिलाउन भन्दै ६७ हजार ७ सय ६७।८७ कित्ता शेयर फर्दर पब्लिक अफर ९एफपीओ० पनि जारी गर्ने निर्णय गरेको हो।
हाल बैंकको चुक्ता पुंजी ३ अर्ब ८८ करोड रुपैयाँ रहेको छ। ६७ हजार कित्ता एफपीओ वितरणपछि बैंकको चुक्ता पुंजीमा ६७ लाख रुपैयाँ थपिने छ भने प्रिमियम रकम जगेडा कोषमा थपिने छ।
एफपीओं सेयरधनीले समेत बोनस सेयर पाउने बैंकको निर्णयसंगै बोनस वितरणपछि बैंकको चुक्ता पुंजी ५ अर्ब हाराहारी पुग्ने छ। साथै नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी ८ अर्ब पुर्याउने योजना अन्तर्गत बैंकले एफपीओ र बोनस वितरणपछि १०स्४ अर्थात ४० प्रतिशतका दरले हकप्रद बिक्रि गर्ने भएको छ।
चालु आर्थिक बर्षको पहिलो त्रैमासमा एसबिआई बैंकको कमाई ३५ करोड ४१ लाख, खराब कर्जा अनुपात शुन्य दशमलब ११ प्रतिशत रहेको छ। भारतीय संयुक्त लगानीमा रहेको नेपाल एसबिआई बैंकले हाल ७३ शाखा ,८६ एटिएम तथा ६७८ जना कर्मचारी मार्फत आफ्ना ग्राहकहरुलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्