
- अर्थ सरोकार संम्वाददाता
काठमाडौँ – नेपाल टेलिकमले गत आर्थिक बर्षको नाफाबाट झन्डै पौने आठ अर्ब रुपैयाँ लाभांश बाँढ्ने भएको छ । १५ अर्ब रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीले प्रतिशेयर ५१ रुपैयाँको दरले नगद लाभांश वितरण गर्न लागेको हो ।
कम्पनीले गत आर्थिक बर्षमा ११ अर्ब ५२ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । त्यसबाट कम्पनीले सात अर्ब ६५ करोड रुपैयाँ लाभांश वितरण गर्न लागेको हो ।
यस मध्ये झन्डै सात अर्ब रुपैयाँ भने सरकारी ढुकुटीमा जानेछ । टेलिकममा ९१.४९ प्रतिशत शेयर सरकारको रहेको कारण लाभांशको ठूलो हिस्सा राज्यले पाउने गरेको हो ।
कम्पनीले आगामी ३० फागुनलाई साधारणसभा आह्वान गरेको छ । सभाले पारित गरेपछि लाभांश वितरण हुनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्