- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – नेरुडे लघुवित्त विकास बैंक लिमिटेडले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति पाएको छ । धितोपत्र बोर्डले नेरुडेलाई २ः१ अनुपातमा हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको हो । नेरुडेले नौ करोड रुपैयाँको नौ लाख कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति पाएको हो । बोर्डबाट अनुमति पाएकाले अब छिट्टै हकप्रद निष्कासन प्रक्रिया अघि बढाइने बैंकले जानकारी दिएको छ ।
नेरुडेको यो हकप्रद सेयरमा बिक्री प्रबन्धकको काम एनसीएम मर्चेन्ट बैंकिंङ लिमिटेडले गर्दैछ । नेरुडेले गत वर्षको नाफाबाट लगानीकर्तालाई २०५ बोनस सेयर र १० प्रतिशत नगद लाभांश पनि दिने निर्णय गरेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा नेरुडेको चुक्ता पुँजी १८ करोड रुपैयाँ छ ।