
- नवराज घिमिरे : सेयर लगानीकर्ता एवं विश्लेषक
केहि महिना अगाडीदेखि नेपाली पूजीँ वजारलाई उल्टो गतिमा हिडाउनको लागी केहि तत्वहरु ‘न्वारन’ देखिको बल निकालेर लागि परेका छन् ।
हामी आम लगानीकर्ताले बुझ्नुपर्ने चुरो कुरो के हो भने सेयर कहिले किन्ने र कहिले बेच्नेनै भन्ने हो । सेयर मापन गर्ने महत्वपूर्ण औजार भनेको मूल्य-आम्दानी अनुपात ( P/E ratio ) नै हो । तुलनात्मक रुपमा राम्रा कम्पनीको लागी मात्र यो (P/E ratio ) को प्रसंग ऊठाउन खोजेको छु । यो वाहेक लगानीकर्ताले कम्पनीको प्रति सेयर आम्दानी , खराव कर्जा अनुपात , कोषको लागत , निक्षप तथा कर्जा प्रवाह , खुद ब्याज आम्दानी , चुक्ता पूजीँ र जगेडा कोषलाई हेर्नुपर्छ ।
जे भएपनि यो कुरा हामी लगानीकर्ताले विर्सिनु हुदैन । जव-जव वजार घटदै जान्छ, तव-तव अधिकांस कम्पनीको (P/E ratio ) १० को हाराहारीमा वा सोभन्दा तल पनि आउन सक्छ । यसैलाई हामीले सेयर किन्ने समय भएछ भनेर वुझ्नुपर्ने हुन्छ । यस्तो समयमा खरिद गरेको सेयरले लगानीकर्तालाई घाटा खुवाउने सम्भावना असाध्य न्यून हुन्छ ।
फेरि लगानीकर्ताले यहानेर ख्यालगर्नु पर्ने महत्वपूर्ण विषय के हो भने, यदि कुनै कम्पनीको अवस्था खराव छ , व्यवस्थापनमा समस्या छ त्यस्ता कम्पनीको (P/E ratio ) कम छ भने पनि त्यो चाहिँ जोखिम हुन सक्छ । यस्तो समय जुरायर किनेको सेयर लाई हामिले कुनै पनि कम्पनीले लाभंश घोषणा गर्नु भन्दा अगाडि वा गर्ने वित्तिकै जुन वेला भाउ शिखरमा पुगेको हुन्छ त्यसै समयमा सेयर वेचेर नाफा सुरक्षित गर्नु पर्ने हुन्छ ।
माथि मैले सुझाएका मेरा अनुभव हरुलाई आत्मासाथ गर्ने हो भने सेयरमा घाटा खानुपर्ने सम्भावना असाध्यै कम हुनेछ । कसैले वजार झरेर तिन अंकमा आउछ भन्दैमा आउने पनि होईन र यहि अवस्थामा कसैले वजार वढेर २५०० मा पुग्छ भनेर पनि पुग्ने पनि होईन । त्यसैले झिँगाले सराप्दैमा डिगा मर्दैन ।
नवराज घिमिरेका यी विश्लेषण छुटे कि ?
- आजको वजारले लगानीकर्तालाई ‘सचेत’ मात्र गराएको हो की ‘सवक’ नै सिकाएको हो ?
- अर्थमन्त्रीज्यू, बास्केट फण्डको व्यवस्था गरी वजारमा भइरहेको ‘मेनुपुलेसन’ रोक्ने हो कि !
- सेयर बजारवाट नभागौ, बजारमा ‘सकुनी’ हरु प्रवेश गर्न थाले ! (नवराज घिमिरेको विश्लेषण)
- नवराज घिमिरेको यो टिप्स पढीसकेपछी तपाईंले सेयर बेच्नुहुन्न…
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्