×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनएमबि बैंकको मुनाफा ६६.४४५ ले वृद्धि ब्याज नै दरिलो कारण

LAXMI SUNRISE BANK
GLOBAL

एनएमबि बैंकको मुनाफा ६६.४४५ ले वृद्धि ब्याज नै दरिलो कारण

१ फाल्गुन २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 
काठमाडौं –  एनएमबि बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ७० करोड १० लाख ७८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको नाफा गत वर्ष भन्दा ६६.४४५ ले बढेको हो । गत वर्ष बैंकको खुद नाफा ४२ करोड १२ लाख ११ हजार रुपैयाँ थियो ।
 बैंकले एक अर्ब २६ करोड ११ लाख ४८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेपछि नाफामा पनि राम्रो प्रभाव परेको हो । एनएमबिले खुद ब्याज आम्दानीमा गत वर्ष भन्दा ६४.८१५ ले बढोत्तरी गरेको हो ।
एनएमबिको यो त्रैमाससम्म आइपुग्दा निक्षेप संकलन ६८ अर्ब ७९ करोड ७९ लाख ८२ हजार रुपैयाँ पुगेको छ । बैंक ५८ अर्ब ९३ करोड ६९ लाख ९४ हजार रुपैयाँ कजा प्रवाह गर्न पनि सफल भएको छ । बैंकको कर्जा निक्षेप अनुपात ७७.६४५ रहेको छ भने कस्ट अफ फन्ड ४.०४५ छ । 
बैंकको खराब कर्जा गत वर्ष भन्दा थोरै बढेर १.८९५ पुगेको छ । यो त्रैमासमा बैंकले २२ करोड ६६ लाख चार हजार रुपैयाँ राइट ब्याक गरेको छ । सम्भावित जोखिमका लागि बैंकले २७ करोड ८३ हजार रुपैयाँ छुट्याएको छ ।
एनएमबि बैंकको हाल चुक्ता पुँजी पाँच अर्ब ४३ करोड ६२ हजार रुपैयाँ छ । राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पुर्याउन बैंकले कसरत गरिरहेको छ । बैंकले १९ प्रतिशत बोनस सेयर दिने प्रस्तावलाई पारित गरिसकेको छ । बैंकको रिजर्भ कोेष पनि निकै राम्रो छ । 
एनएमबिले चार अर्ब ५४ करोड ४३ लाख २२ हजार रुपैयाँ रिजर्भ कोषमा रखेको छ । प्रतिसेयर आम्दानी २८ रुपैयाँ ३१ पैसा रहेको यो बैंकको प्रतिसेयर नेटवर्थ १८३ रुपैयाँ ६९ पैसा छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी