Skip to content
LAXMI SUNRISE BANK

पिरोल्न थाल्यो ओप्पोले : कहिले आफैं ‘अफ’ हुन्छ, डबल सिम राख्दा ह्यांङ हुन्छ, ब्याट्री टिक्दै टिक्दैन ! (फलोअप नम्बर ३)

अर्थ सरोकार


  • अर्थ सरोकार सम्बाददाता 

सेल्फी एस्क्पर्ट दावी गर्ने ओप्पोले उपहारका नाममा बिग्रेको सेल्फी स्टिक दिएर जनता ठगेको, भ्याट छल्न लागी परेको लगायतका खबर सेलाउन नपाउँदै ओप्पोका प्रयोगकर्ताहरुले फोनमा विभिन्न खाले समस्या देखिएको गुनासो पोख्न थालेका छन् । मोबाइल घरी घरी ह्यांङ हुने, कहिले आफैं अफ हुने, लगायतका समस्या फोनमा देखिन थालेका छन् ।  

यस्ता छन् अप्पोका समस्या 
‘घरी घरी आफैं अफ हुन्छ । के भएको हो के ! बुझ्नै सकेको छैन । सर्भिस सेन्टरमा जाँदा त्यस्तो हुनु नपर्ने हो भन्दै हेरिन्छ तर समस्या जस्ताको त्यस्तै ।’ कोटेश्वरका एक ग्राहक भन्छन्, ‘३० हजार तिरेर किनेको ओप्पो निकै झुर रहेछ । ब्याट्री त झन् टिक्दै टिक्दैन । फोनमा कुरा गरिरहनेहरुलाई यो फोन काम नै रहेनछ । कम्पनीले त हजारौं ग्राहकहरुलाई ठगीरहेको रहेछ ।’ उनका अनुसार फोनमा डबल सिम राखेर चलाउँदा फोनमा निकै धेरै समस्या आउने गरेको छ । उनी अगाडी भन्छन्, ‘किनेको केहि महिनामै यस्तो समस्या देखिएको छ भने पछी के होला ? ३० हजारको फोन १ बर्ष पनि राम्रोसँग नचल्ने भयो ।

‘मोबाइल बनाइदिन्छौं, साट्न मिल्दैन’
मोबाइल चित्त नबुझेमा ३० दिनभित्र फिर्ता गर्न मिल्ने मोबाइल  कम्पनीले जनाएको थियो । तर यसरी फिर्ता गर्न खोज्दा मोबाइल बनाइदिने तर फिर्ता गर्न नमिल्ने भन्ने उत्तर आएको समेत प्रयोगकर्ताको गुनासो छ । ‘मोबाइल बनाउने ठाउँमा खासाका सस्ता समानहरु प्रयोग गरिएको भन्ने त्यहाँ काम गर्ने दाइ बाट नै थाहा भयो । मोबाइल बनाउन दिन मन लागेन । साट्न उसले मानेन । ३० हजार खोलामै बग्यो भन्ने लागेको छ ।’ कोटेश्वरमै बस्ने अर्का एक ग्राहकले अर्थ सरोकार डटकमसँग भने ।         
चाइनामा हिट, नेपालमा किन फ्लप 
ओप्पो सर्भिस सेन्टरमै काम गर्ने एक कर्मचारीले आफ्नो नाम नबताउने सर्तमा एक्सपोर्ट क्वालीतीको मापदण्ड नपुगेका मोबाइलहरु नेपाल भित्रने गरेको खुलासा गरेका छन् । ‘हेर्दा प्याकिङ उस्तै हुन्छ । तर नेपालमा किनेको ओप्पो र अरु देशहरुमा किनेको ओप्पो फरक हुन्छ । कसैले विदेशबाट ओप्पो ल्याएको छ भने चलाएर हेर्दा हुन्छ । सर्भिस सेन्टरमा पनि अधिकांस चिनिया बिग्रेका सामान हुन्छन् ।’ त्यहि भएर चाइनामा निकै रुचाइएको मोबाइल नेपालमा फ्लप भएको हो। ‘ उनले अर्थ सरोकार डटकमसँग भने ।

राजश्व छलीको लफडा उस्तै 
यता ओप्पोले मोबाइल बेच्दा करसमेत छल्ने गरेको आरोप बिगतदेखि नै लाग्दै आएको छ । अर्थ सरोकारलाई प्राप्त जानकारी अनुसार ओप्पोका विरुद्ध प्रमाण सहित भ्याट छलेको आरोपमा राजश्व विभागमा उजुरी परिसकेको छ । यसअघि अर्थ सरोकार डटकमले ओप्पोले कर छल्ने गरेको र जनता ठग्ने गरेको समाचार पहिलोपटक नेपाली मिडियामा ब्रेक गरेको थियो ।  
यो पनि पढ्नुहोस् 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Kamana Sewa
GARIMA BIKAS BANK