×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ओरिएण्टल इन्स्योरेन्स कम्पनीको मुनाफा ७ करोड १३ लाख रुपैयाँ

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

ओरिएण्टल इन्स्योरेन्स कम्पनीको मुनाफा ७ करोड १३ लाख रुपैयाँ

४ फाल्गुन २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – निजि क्षेत्रको निर्जीवन बीमा कम्पनी ओरिएण्टल इन्स्योरेन्स कम्पनीे (Oriental Insurance Co.Ltd) ले चालु आ.व. २०७३/७४ को दोस्रो त्रैमासमा खुद मुनाफा ७ करोड १३ लाख रुपैयाँ कमाएको छ । जुन गत वर्षको तुलनाभन्दा २७ दशमलव ३१ प्रतिशतले घटेको हो । अघिल्लो वर्षको सोहि अवधिमा कम्पनीले ९ करोड ८१ लाख रुपैयाँ कमाएको थियो ।
कम्पनीको जगेडा तथा कोषमा १४ करोेड ८५ लाख रुपैयाँ नेगेटिभमा राखिएको भने बीमा कोषमा ३७ करोड ८ लाख रुपैयाँ राखिएको छ । यसको आम्दानी २७ प्रतिशतले घटेर ८ करोड २३ लाख रुपैयाँ पुगेको छ भने खर्च १७ प्रतिशतले घटेर १ करोड १० लाख रुपैयाँ रहेको छ । कम्पनीले यस अबधीमा बीमा शुल्क (खुद) ३८ करोड ४३ लाख रुपैयाँ आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले ३१ करोड ९४ लाख रुपैयाँ बीमा शुल्क (खुद) आर्जन गरेको थियो ।
कम्पनीले यस अबधीमा २१ करोड २३ लाख रुपैयाँ बराबरको भुक्तानी दाबी (खुद) गरेको छ भने गत आव वर्षको सोहि अवधिमा ३९ करोड २९ लाख रुपैयाँ रहेको थियो । कम्पनीले यस अबधीमा ९ हजार ७ सय ५६ वटा (संख्या) बीमा लेख जारी गरेको छ भने जुन गत वर्षको सोहि अवधिमा भन्दा बढी हो । कम्पनीले यस अबधीमा ६ सय ९० वटा (संख्या) भुक्तानी दाबी गरेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: