×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पश्चिमाञ्चल फाइनान्सले गर्यो प्रगति, खुद नाफा एक करोड ८७ लाख पुग्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

पश्चिमाञ्चल फाइनान्सले गर्यो प्रगति, खुद नाफा एक करोड ८७ लाख पुग्यो

Artha Sarokar

११ फाल्गुन २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – बुटवलमा केन्द्रीय कार्यालय रहेको पश्चिमाञ्चल फाइनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा एक करोड ८७ लाख ७१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा रकम गत वर्षको यही त्रैमासमा भन्दा १२ लाख ८१ हजार रुपैयाँले धेरै हो । गत वर्ष पश्चिमाञ्चलले एक करोड ७४ लाख ९० हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।
यता, पश्चिमाञ्चल फाइनान्सको खराब कर्जा १३।०९५ पुगेको छ । खराब कर्जा बढ्दा वित्तीय सूचकमा नराम्रो असर पुर्याउने देखिएको छ । गत वर्ष यही त्रैमासमा पश्चिमाञ्चलको खराब कर्जा ३.८०५ मात्र थियो । चुक्ता पुँजी ३४ करोड ९० लाख ३३ हजार रुपैयाँ रहेको पश्चिमाञ्चलको जगेडा कोषमा भने १९ करोड चार लाख १० हजार रुपैयाँ छ ।
यो त्रैमासमा फाइनान्सको खुद ब्याज आम्दानी ६ करोड ८६ लाख ६३ हजार रुपैयाँ छ । ब्याज आम्दानी गत वर्षको भन्दा ३५ लाख ४९ हजार रुपैयाँले धेरै हो । गत वर्ष पश्चिमाञ्चलको खुद ब्याज आम्दानी ६ करोड ५१ लाख १४ हजार रुपैयाँ मात्र रहेको थियो । फाइनान्सले सम्भावित जोखिमका लागि दुई करोड एक हजार रुपैयाँ छुट्याएको छ । पश्चिमाञ्चलको कस्ट अफ फन्ड ६.९७५ छ । 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी