×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु इन्सुरेन्सले पनि पायो ५० प्रतिशत हकप्रद सेयर जारी गर्न अनुमति

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

प्रभु इन्सुरेन्सले पनि पायो ५० प्रतिशत हकप्रद सेयर जारी गर्न अनुमति

Artha Sarokar

१२ फाल्गुन २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  •  अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – प्रभु इन्सुरेन्स कम्पनीले ५० प्रतिशत हकप्रद सेयर निस्कासन गर्न अनुमति पाएको छ । पुँजी बजार नियामक नेपाल धितोपत्र बोर्डले प्रभुलाई २ः१ अनुपातमा हकपद सेयर जारी गर्न अनुमति दिएको हो । 
प्रभुले १९ करोड २५ लाख सात हजार आठ सय ८१ रुपैयाँको १९ लाख २५ हजार ७८.८१ कित्ता हकप्रद सेयर बिक्री गर्नेछ । प्रभु इन्सुरेन्सको बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गर्दैछ ।
प्रभुको चुक्ता पुँजी चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३८ करोड ५० लाख १६ हजार रुपैयाँ छ भने रिजर्भ कोषमा पाँच करोड ४० लाख ९५ हजार रुपैयाँ छ । हकप्रद बिक्रीपछि इन्सुरेन्सको चुक्ता पुँजी ५०५ ले बढ्नेछ । प्रभुको जीवन बिमा कोष २६ करोड २७ लाख ५५ हजार रुपैयाँको छ । 
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा यो इन्सुरेन्सले दुई करोड ९२ लाख १७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रभुको प्रतिसेयर आम्दानी ९वार्षिकीकरण० १५ रुपैयाँ १७ पैसा र प्रतिसेयर नेटवर्थ १८२ रुपैयाँ छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी