×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रडेन्सियल इन्स्योरेन्स नाफा २६ प्रतिशतले वृद्धि, अघिल्लो वर्षको अनुपातमा ३ करोड कमाउन सफल

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

प्रडेन्सियल इन्स्योरेन्स नाफा २६ प्रतिशतले वृद्धि, अघिल्लो वर्षको अनुपातमा ३ करोड कमाउन सफल

२७ माघ २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता  

काठमाडौं –  निजि क्षेत्रको निजीवन बीमा कम्पनी प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी  (Prudential Insurance Company. Limited.) ले दोस्रो त्रैमासमा खुद मुनाफा २६ दशमलव ६४ प्रतिशतले वृद्धि गरी ४ करोड ८० लाख रुपैयाँँ मुनाफा कमाएको छ । अघिल्लो वर्षको सोहि अवधिमा कम्पनीले ३ करोड १९ लाख रुपैयाँ मुनाफा कमाउन सफल भएको थियो ।

३५ करोड ६४ लाख रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीले जगेडाकोषमा २० करोड ४० लाख रुपैयाँ र बीमा कोषमा २६ करोड ३७ लाख रुपैयाँ राखेको छ । प्रुडेन्सियलको आम्दानी २७ दशमलव २७ प्रतिशतले बढेर ७ करोड १ लाख रुपैयाँ पुगेको छ भने खर्चमा २६ दशमलव ०८ प्रतिशतले बढेर २ करोड ९७ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीले यस अबधिमा बीमा शुल्क ९खुद० १७ करोड ७८ लाख रुपैयाँ आर्जन गरेको छ भने १७ करोड ८४ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी ९खुद० गरेको छ । कम्पनीको जारी बीमालेखको संख्या ५१ हजार ४ सय ३० रहेको छ भने कुल दाबी भुक्तानी संख्या १ हजार ६ सय ७७ रहेको छ ।

कम्पनी (PICL)  को प्रति शेयर आम्दानी वार्षिक २२ दशमलब ६८ रुपैयाँ, प्रति शेयर नेटवर्थ २ सय ३१ दशमलव २४ रुपैयाँ र मुल्य आम्दानीको अनुपात वार्षिक ५१ दशमलब ७६ गुणा रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: