
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – रिलायन्स फाइनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा २४७.९४ ५ ले वृद्धि गर्न सफल भएको छ । फाइनान्सले यस त्रैमासमा दुई करोड दुई लाख ४० हजार खुद नाफा कमाएको हो । गत वर्ष यही बेला रिलायन्सले ५८ लाख १७ हजार रुपैयाँमात्र खुद नाफा कमाएको थियो । फाइनान्सले खराब कर्जा पनि गत वर्षको यही त्रैमासको तुलनामा १.८१५ ले घटाएर ३.०६५ मा झारेको हो ।
त्यस्तै, रिलायन्सले ब्याज आम्दानीमा पनि ७१.२१ ५ ले बढोत्तरी गर्न सफल भएको छ । यो त्रैमासमा फाइनान्सको ब्याज आम्दानी ६ करोड ६५ लाख १७ हजार रुपैयाँ छ । गत वर्ष यसै बेला रिलायन्सको खुद ब्याज आम्दानी तीन करोड ८८ लाख ५१ हजार रुपैयाँमात्र थियो । खुद नाफा चुलिनुमा ब्याज आम्दानीको प्रमुख योगदान छ ।
चुक्ता पुँजी ४४ करोड ५७ लाख १४ हजार रुपैयाँ रहेको रिलायन्सको जगेडा कोषमा भने १५ करोड सात लाख ३३ हजार रुपैयाँ छ । चुक्ता पुँजीको आधारमा हेर्दा फाइनान्सले जगेडा कोषलाई भने सुधार गर्नुपर्ने देखिन्छ ।
सम्भावित जोखिमका लागि दुई करोड २७ लाख ९८ हजार रुपैयाँ छुट्याएको रिलायन्सले चार लाख ६४ हजार रुपैयाँ राइट ब्याक गर्न पनि सफल भएको छ । प्रतिसेयर आम्दानी चार रुपैयाँ ५४ पैसा रहेको यो फाइनान्सको प्रतिसेयर नेटवर्थ भने एक सय ३३ रुपैयाँ ४८ पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्