×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्रिय बिमा संस्थानको खुद नाफा घट्यो

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

राष्ट्रिय बिमा संस्थानको खुद नाफा घट्यो

Artha Sarokar

२ फाल्गुन २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – राष्ट्रिय बिमा संस्थानले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३६ लाख ६९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष यही त्रैमाससम्म आइपुग्दा संस्थानले ९४ हजार ४५ लाख खुद नाफा कमाएको थियो । संस्थानको खुद नाफामा गत वर्ष भन्दा ६१.१५५ ले गिरावट आएको हो ।
 खुद नाफामा भारी गिरावट आइरहँदा पनि राष्ट्रिय बिमा संस्थानको जीवन बिमा कोष भने अत्यन्तै मजबुत देखिन्छ । संस्थानको चुक्ता पुँजी ९३ लाख रुपैयाँमात्र भएपनि रिजर्भ कोषमा भने ३१ करोड ८५ लाख ७० हजार रुपैयाँ जम्मा भएको छ । 
संस्थानको जीवन बिमा कोषमा १२ अर्ब चार करोड ४८ लाख ५५ हजार रुपैयाँ छ । यसअवधिमा संस्थानले एक अर्ब १५ करोड ४४ लाख ९० हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ । दोस्रो त्रैमासमा यो संस्थानले एक अर्ब २८ करोड ३२ लाख ६५ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी