×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रिलायवल डेभलपमेन्टले कमायो ६ करोड ४६ लाख

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

रिलायवल डेभलपमेन्टले कमायो ६ करोड ४६ लाख

१ फाल्गुन २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – रिलायवल डेभलपमेन्ट बैंक लिमिटेड(Reliable Development Bank Limited)  ले दोस्रो त्रैमासमा खुद मुनाफा १३ दशमलव ९० प्रतिशतले वृद्धि गरी ७ करोड ४६ लाख रुपैयाँ कमाएको छ भने अघिल्लो वर्षको सोहि अवधिमा बैंकले ६ करोड ५५ लाख रुपैयाँ कमाएको थियो ।

बैंक (REDBL)को निक्षेपमा ८ दशमलव २३ प्रतिशतले वृद्धि गरी ८ अर्ब ५१ करोड ५७ लाख रुपैयाँ संकलन गरेर कर्जामा ७ अर्ब ४१ करोड ९२ लाख रुपैयाँ लगानी गरेको छ । भने संचालन मुनाफामा १२ दशमलव ५५ प्रतिशतले बढेर ७ करोड ५३ लाख रुपैयाँ आर्जन गरेको छ ।

त्यस्तै बैंकले खुद ब्याज आम्दानीमा ५४ दशमलव ०४ प्रतिशतले वृद्धि गरि २० करोड ५० लाख रुपैयाँ कमाएको छ । बैंकको प्रोभिजनमा ८ करोड ६ लाख रुपैयाँ राखेको छ भने ३७ लाख रुपैयाँ खराबकर्जा उठाएको छ ।

बैंकको निष्कृय कर्जा ३ दशमलव ०४ प्रतिशत, जोखिम युक्त सम्पत्ति १४ दशमलव ७९ प्रतिशत रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: