Skip to content
LAXMI SUNRISE BANK

रिलायबलको साधारण सभा चैत २ गते हुने, १०० हकप्रद निर्णय उल्ट्याउन विशेष प्रस्ताव

अर्थ सरोकार

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – रिलायबल डेभलपमेन्ट बैंकले आगामी चैत २ गते ११ औं वार्षिक साधारण सभा बोलाएको छ । सभामा रिलायबलले यसअघि १० औं वार्षिक साधारण सभाबाट पारित भइसकेको एक सय प्रतिशत हकप्रद दिने निर्णयलाई फेरि खारेज गर्ने विशेष प्रस्ताव लैजाँदैछ । 
ग्लोबल आइएमई बैंकसँग विलय हुने तयारीमा रहेको यो बैंकले थप चुक्ता पुँजी आवश्यक नपर्ने भन्दै यसअघि निर्णय गरिएको एक सय प्रतिशत हकप्रदलाई खारेज गर्ने प्रस्ताव साधारण सभामा पेस गर्न लागेको हो । 
उता, हकप्रद ल्याउने निर्णय गरेर फेरि पछि हटेको भन्दै रिलायबलका अधिकांश सेयरधनी रुष्ट भइरहेका छन् । यो प्रस्तावलाई साधारण सभामा सेयरधनीले कस्तो प्रतिक्रिया जनाउने हुन् त्यो भने हेर्न बाँकी छ । 
बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई २८।१४ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पनि पेस गर्दैछ । चैत २ गते बिहान ११ बजे आर्मी अफिसर्स क्लब भद्रकालीमा साधारण सभा सुरु हुनेछ । 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK