
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – रिलायबल डेभलपमेन्ट बैंकले यसअघि निष्काशन गर्ने भनेको हकप्रद शेयर निष्काशन नहुने भएको छ । बैंकले आगामी साधारणसभाबाट उक्त हकप्रद शेयर निष्काशन रद्द गर्ने तयारी थालेको छ ।
गत असार १७ गतेको १० औं वार्षिक साधारण सभाबाट शतप्रतिशत एक बराबर एकको अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने र ग्लोबल आईएमई बैंकसँग एक्वायरमा जाने निर्णय गर्ने प्रस्तावसहित रिलायबल डेभलपमेन्ट बैंकले चैत्र २ गतेको लागि साधारणसभा बोलाउने भएको छ ।
यसअघि एनबी बैंकसँग मर्जरको कुरा चलिरहेको रिलायबलले एकाएक मर्जर छलफलबाट बाहिरिएर आफै पूँजी पुर्याउने योजना सार्वजनिक गरेको थियो । सोहि अनुसार उसले शतप्रतिशत हकप्रद दिने घोषण गर्नासाथै बजारमा यसको शेयर मुल्य ८ सय रुपैयाँ प्रतिकित्तासम्म पुगेको थियो ।
त्यहीबखत रिलायबलका संस्थापकहरुले आफ्नो स्वामित्वमा रहेको संस्थापक शेयरको २७ प्रतिशत हिस्सा साधारणमा परिणत गरेका थिए । संस्थापक शेयर साधारणमा परिणत गराएर विक्री गर्नकै लागि उनीहरुले हकप्रदको घोषण गरेको बुझिन्छ ।
साधारणसभाबाट हकप्रद निष्काशन गर्ने निर्णय पारित गरेर पनि बैंकले लामो समयसम्म प्रक्रिया अघि नबढाई बसेको थियो । जब ग्लोबल आईएमईसँग मर्जरको लागि सम्झौता गरियो, सो सम्झौतामा नै उसले हकद निष्काशन बन्द गरेर एक्विजिशनमा जाने सहमति गरेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्