×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सगरमाथा फाइनान्सको ८०५ हकप्रद सेयर भयो बाँडफाँट

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सगरमाथा फाइनान्सको ८०५ हकप्रद सेयर भयो बाँडफाँट

१० फाल्गुन २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं –  सगरमाथा फाइनान्सले बिक्री गरेको ८०५ हकप्रद सेयर बाँडफाँट भएकोे छ । फाइनान्सले आइतबार सेयर बाँडफाँट गरेको हो । सगरमाथाले १०ः८ अनुपातमा एक सय रुपैयाँ अंकित दरको २९ लाख ५४ हजार ३८९ कित्ता हकप्रद सेयर बिक्री गरेकोमा २० लाख ६६ हजार ९२६ कित्ता सेयर बाँडफाँट गरेको हो । 
कुल सात हजार ३४८ जना सेयरधनीले हकप्रद सेयर पाएका छन् । सगरमाथाले बाँडफाँटमा नपरेका हकप्रद सेयर वापतको पैसा फागुन १५ गतेदेखि फिर्ता दिने भएको छ । सेयरधनीले आफूले आवेदन बुझाएको संकलन केन्द्रमा सम्पर्क गरेर भुत्तानी लिन सक्नेछन् । 
सगरमाथाले हकप्रद जारी गर्दा बिक्री नभएको सेयर चाहिँ लिलामीमा बेच्ने भएको छ । सगरमाथा फाईनान्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा पाँच करोड ६१ लाख ८३ हजार खुद नाफा कमाएको छ । सगरमाथा फाइनान्सको चुक्ता पुँजी ३६ करोड ९२ लाख ९८ हजार रुपैयाँ छ भने रिर्जभ कोषमा २६ करोड ८९ लाख ७५ हजार रुपैयाँ छ । सगरमाथाको प्रतिसेयर आम्दानी ३० रुपैयाँ ४३ पैसा र प्रतिसेयर नेटवर्थ १७२ रुपैयाँ ८३ पैसा छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: