×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सगरमाथा इन्स्योरेन्सको मुनाफामा वृद्धि, ३ करोड २२ लाख रुपैयाँ कमाउन सफल

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सगरमाथा इन्स्योरेन्सको मुनाफामा वृद्धि, ३ करोड २२ लाख रुपैयाँ कमाउन सफल

१ फाल्गुन २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – निजि क्षेत्रको निर्जीवन बीमा कम्पनी सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड (Sagarmatha Insurance Co. Ltd.) ले दोस्रो त्रैमासमा मुनाफा ६ करोड ५६ लाख रुपैयाँ कमाएको छ जुन गत बर्षको तुलनामा १ सय ३ दशमलव ६८ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो बर्षको सोही अवधिमा कम्पनीले मुनाफा ३ करोड २२ लाख रुपैयाँ कमाउन सफल भएको थियो ।
५३ करोड ८२ लाख रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीले १३ करोड ०८ लाख रुपैयाँ जगेडाकोषमा र बीमा कोषमा ३९ करोड १७ लाख रुपैयाँ राखेको छ । कम्पनीको आम्दानी १ सय प्रतिशतले बढेर ११ करोड ७ लाख रुपैयाँ पुगेको छ भने खर्चमा ९७ प्रतिशतले बढेर ४ करोड ५० लाख रुपैयाँ पुगेको छ ।
 कम्पनीले यस अबधिमा ३२ करोड ३४ लाख रुपैयाँ बराबरको बीमा शुल्क खुद आर्जन गरेको छ भने १६ करोड ८ लाख रुपैयाँ बराबरको भुक्तानी दाबी खुद गरेको छ ।
कम्पनी (SIC) को प्रति शेयर आम्दानी १२ दशमलब २० रुपैयाँ, प्रति शेयर नेटवर्थ २ सय २० दशमलव ३२ रुपैयाँ, तरलता अनुपात २ दशमलब ८९ गुणा र पि.ई .अनुपात ९९ दशमलव ८४ गुणा रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: