×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यसरी भयो समता माइक्रोफाइनान्सको आईपिओ बाँडफाँड

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

यसरी भयो समता माइक्रोफाइनान्सको आईपिओ बाँडफाँड

Artha Sarokar

४ फाल्गुन २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – समता माइक्रोफाइनान्स वित्तिय संस्था (Samata Microfinance Bittiya Sanstha Ltd.) ले सर्वसाधारणका लागि जारी गरेको साधारण शेयर आज बाँडफाँड गर्ने भएको छ । उक्त आईपिओमा आवेदन दिने मध्ये जम्मा १० प्रतिशत आवेदकले १० कित्ता शेयर पाएका छन् ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल क्यापिटलको केन्द्रिय कार्यालय लाजिम्पाटमा भएको बाँडफाँटमा सबैलाई गोलाप्रथाबाट शेयर प्रदान गरिएको हो । कुल ८६ हजार दुई सय ३७ जनाले शेयर आवेदन गरेकोमा ८ हजार आठ सय ५६ जनाले १० कित्ताका दरले शेयर पाएका हुन् ।
कम्पनीले पुस १९ गते देखि ९४ हजार ८ सय कित्ता साधारण शेयर निष्काशन गरेको थियो । ३ करोड १६ लाख रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीले चुक्तापूँजीको ३० प्रतिशतले हुन आउने शेयर सर्वसाधारणमा जारी गरेको थियो ।
बाराको सिमरामा केन्द्रीय कार्यालय रहेको माईक्रोफाईनाइन्सले निष्काशन गरेको ९४ हजार ८ सय कित्ता शेयरमध्ये एक हजार ८९६ कित्ता शेयर कर्मचारी र चार हजार ७४० कित्ता शेयर म्युचुअल फण्डहरुलाई छुट्याइएको छ । बाँकी ८८ हजार १६४ कित्ता शेयर मात्रै सर्वसाधारण लगानीकर्तालाई बाँडफाँड गरिएको छ ।
नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजत प्राप्त वित्तिय संस्थाको रुपमा समताले २०७० बाट कारोवार सुरु गरेको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी