×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

समता माइक्रोफाइनान्सको आईपिओमा नपरेको पैसा सोमबारबाट फिर्ता

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

समता माइक्रोफाइनान्सको आईपिओमा नपरेको पैसा सोमबारबाट फिर्ता

५ फाल्गुन २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार  संम्वाददाता 

काठमाडौं – समता माइक्रोफाइनान्स वित्तिय संस्था (Samata Microfinance Bittiya Sanstha Ltd)  ले साधारण शेयर बाँडफाँटमा नपरेका आवेदनकर्तालाई सोमबारदेखि रकम फिर्ता दिने भएको छ ।
कम्पनीले पुस १९ गते देखि ९४ हजार ८ सय कित्ता साधारण शेयर निष्काशन गरेको थियो । उक्त आईपिओमा आवेदन दिने मध्ये जम्मा १० प्रतिशत आवेदकले १० कित्ता शेयर पाएका छन् ।
नेपाल इन्भेष्टमेन्ट बैंक, देव विकास बैंक एस डेभलपमेन्ट बैंक र गुडविल फाइनान्समा खाता रहेका लगानीकर्ताको रकम भने बैंक खातामा नै आउनेछ, भने अन्य बैंकमा खाता रहेका लगानीकर्ताले फागुन ९ गते सोमबार देखि आवेदन दिएकै स्थानबाट रकम फिर्ता लिन सक्नेछन् ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल क्यापिटलको केन्द्रिय कार्यालय लाजिम्पाटमा बुधबार भएको बाँडफाँटमा सबैलाई गोलाप्रथाबाट शेयर प्रदान गरिएको थियो । कुल ८६ हजार दुई सय ३७ जनाले शेयर आवेदन गरेकोमा ८ हजार आठ सय ५६ जनाले १० कित्ताका दरले शेयर पाएका हुन् ।
३ करोड १६ लाख रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीले चुक्तापूँजीको ३० प्रतिशतले हुन आउने शेयर सर्वसाधारणमा जारी गरेको थियो ।
बाराको सिमरामा केन्द्रीय कार्यालय रहेको माईक्रोफाईनाइन्सले निष्काशन गरेको ९४ हजार ८ सय कित्ता शेयरमध्ये एक हजार ८९६ कित्ता शेयर कर्मचारी र चार हजार ७४० कित्ता शेयर म्युचुअल फण्डहरुलाई छुट्याइएको छ । बाँकी ८८ हजार १६४ कित्ता शेयर मात्रै सर्वसाधारण लगानीकर्तालाई बाँडफाँड गरिएको छ ।
नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजत प्राप्त वित्तिय संस्थाको रुपमा समताले २०७० बाट कारोवार सुरु गरेको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: