
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – ५० करोड ३० लाख रुपैयाँ चुक्ता पुँजी भएको साना किसान विकास बैंक (Sana Kisan Bikas Bank Ltd) ले दोस्रो त्रैमासमा खुद मुनाफा ५२ दशमलव १२ प्रतिशतले वृद्धि गरी १५ करोड ८१ लाख रुपैयाँ कमाउन सफल भएको भने गत वर्षको सोहि अवधिमा १० करोड ३९ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।
बैंक (SKBBL) ले ५९ करोड ६९ लाख १८ हजार रुपैयाँ जगेडाकोषमा राखिएको छ । कर्जा तर्फा १२ अर्ब ४५ करोड ८० लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानीमा ३७ दशमलव ७७ प्रतिशतले बढेर २९ करोड ७४ लाख रुपैयाँ पुगेको छ । त्यस्तै गरी सञ्चालन मुनाफामा ५२ दशमलव १२ प्रतिशतले बढेर २४ करोड ८४ लाख ६५ हजार रुपैयाँ पुगेको छ ।
बैंकको प्रतिशेयर आम्दानी वार्षिक ६२ दशमलव ६८ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ २ सय ९० दशमलव २२ रुपैयाँ रहेको छ । बैंकको निस्कृय कर्जा शून्य दशमलव ११ प्रतिशत रहेको छ भने जोखिम युक्त सम्पत्ति १० दशमलव ३३ प्रतिशत रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्