
सानिमा माइ हाइड्रोपावर लिमिटेडले एक अर्ब रुपैयाँ बराबरको हकप्रद निष्काशन प्रक्रिया अघि बढाएको छ। सानिमा माई हाइड्रोले दुई महत्त्वपूर्ण आयोजना निर्माणका लागि शतप्रतिशत हकप्रद बिक्रि गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ।
कम्पनीले प्रति कित्ता १ सय रुपैयाँका दरले १ अर्ब ५ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड ५ लाख ५० हजार कित्ता हकप्रद निष्काशनको अनुमति माग्दै गत मङ्सिर ३ मा नै धितोपत्र बोर्डमा आबेदन दिइसकेको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा एनसीएम मर्चेन्ट क्यापिटल रहेको छ।
८२ मेगावाट क्षमताको दुई आयोजना निर्माण प्रक्रिया अघि बढाउन हकप्रद निष्काशनको तयारी गरिएको सानिमा माइ हाइड्रोले जनाएको छ। कम्पनीले २८ मेगावाटको तल्लो लिखु र ५४ मेगावाटको मध्य तमोर आयोजना बनाउनका लागि आवश्यक पुंजी जुटाउन हकप्रद बिक्रि गर्न लागेको जनाएको छ।
हाल कम्पनीको चुक्ता १ अर्ब ५ करोड रुपैयाँ रहेको छ भने जगेडा कोष रकम २६ करोड ३४ लाख रुपैयाँ पुर्याएको छ। सानीमा माईले चालु आर्थिक बर्षको दोस्रो त्रमासमा २५ करोड ४४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्