
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – सप्तकोशी डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा ४९५.२८ ५ ले वृद्धि गर्न सफल भएको छ । सप्तकोशीले यो त्रैमासमा ९४ लाख ६५ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
यो नाफा रकम गत वर्षको भन्दा ७८ लाख ७५ हजार रुपैयाँले धेरै हो । गत वर्ष यही त्रैमासमा बैंकले जम्मा १५ लाख ९० हजार रुपैयाँमात्र खुद नाफा कमाएको थियो । यता, बैंकले ब्याज आम्दानी पनि एक करोड ६२ लाख ३८ हजार रुपैयाँले बढोत्तरी गर्न सफल भएको छ ।
यो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी तीन करोड नौ लाख २७ हजार रुपैयाँ रहेको छ । गत वर्ष यसै बेला सप्तकोशीको ब्याज आम्दानी एक करोड ४६ लाख ८९ हजार मात्र थियो । बैंकको खुद नाफा अत्याधिकमात्रामा चुलिनुमा ब्याज आम्दानीको नै प्रमुख योगदान रहेको देखिन्छ । चुक्ता पुँजी १० करोड रुपैयाँ रहेको सप्तकोशीको जगेडा कोषमा भने दुई करोड ४७ लाख १८ हजार रुपैयाँ छ ।
बैंकले जगेडा कोषलाई थप मजबुत बनाउँदै लैजानुपर्ने अवस्था छ । सम्भावित जोखिमका लागि एक करोड २६ लाख ८० हजार रुपैयाँ छुट्याएको सप्तकोशीले ९० लाख ७० हजार रुपैयाँ राइट ब्याक गर्न सफल भएको छ । बैंकको खराब कर्जा १.३८५ छ । प्रतिसेयर आम्दानी नौ रुपैयाँ ४७ पैसा रहेको सप्तकोशीको प्रतिसेयर नेटवर्थ भने एक सय २४ रुपैयाँ ३२ पैसा पुगेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्