×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एसबीआईको खुद नाफा २१.६०५ ले बढ्दा जगेडा कोषले गर्यो आकर्षित

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

एसबीआईको खुद नाफा २१.६०५ ले बढ्दा जगेडा कोषले गर्यो आकर्षित

२३ माघ २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – नेपाल एसबीआई बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ७५ करोड ८७ लाख २५ हजार रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण बाहिर ल्याएको छ । यो नाफा गत वर्षको दोस्रो त्रैमासमा भन्दा २१।६०५ ले धेरै हो । 
अघिल्लो वर्ष यही बेला एसबीआइले ६२ करोड ३९ लाख २८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकले खुद ब्याज आम्दानीमा गत वर्ष भन्दा ३० करोड ९९ लाख पाँच हजार रुपैयाँ बढोत्तरी गर्न सफल भएको छ । यो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी एक अर्ब ४५ करोड १३ लाख ६२ हजार रुपैयाँ पुगेको छ ।  
अघिल्लो वर्ष यही बेला बैंकको खुद ब्याज आम्दानी एक अर्ब १४ करोड १४ लाख ५७ हजार रुपैयाँ मात्र थियो । चुक्ता पुँजी तीन अर्ब ८८ करोड २७ लाख ३६ हजार रुपैयाँ रहेको एसबीआईको जगेडा कोषमा भने तीन अर्ब ८५ करोड २९ लाख २६ हजार रुपैयाँ छ । 
जगेडा कोषले लगानीकर्तालाई आकर्षित गर्ने देखिन्छ । एसबीआईले प्रिमियमा ६७ हजार ७६७।८७ कित्ता एफपीओ पनि बिक्री गरेको छ । यसले पनि रिजर्भ कोष अझै दरिलो बनाउनेछ । एसबीआईले निक्षेप ५८ अर्बबाट बढाएर ७७ अर्ब ५९ करोड ९३ लाख ८७ हजार रुपैयाँ पुर्याएको छ । यसैगरी, ५९ अर्ब ७७ करोड २३ लाख २८ हजार रुपैयाँ कर्जा प्रवाह पनि गरेको छ ।
सम्भावित जोखिमका लागि १५ करोड ९३ लाख ८४ हजार रुपैयाँ छुट्याएको यो बैंकले दुई करोड ६८ लाख ३६ हजार रुपैयाँ राइट ब्याक गर्न पनि सफल भएको छ । बैंकको खराब कर्जा यो त्रैमासमा घटेर ०।१२ ५ मा आइपुगेको छ । अघिल्लो वर्ष दोस्रो त्रैमासमा खराब कर्जा ०।१७ ५ थियो ।
 प्रतिसेयर आम्दानी ३९ रुपैयाँ ०७ पैसा बार्षिकीकरण रहेको बैंकको प्रतिसेयर नेटवर्थ भने एक सय ९९ रुपैयाँ २० पैसा रहेको छ । एसबीआईले गत वर्षको नाफाबाट लगानीकर्तालाई २८ प्रतिशत बोनस सेयर दिंदैछ । चुक्ता पुँजी बढाउन १० कित्ता बराबर थप ४ कित्ता हकप्रद सेयर दिने प्रस्ताव पनि साधारण सभामा लगिंदैछ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: