×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेती फाइनान्सको दुई लाख ४९ हजार ९१८ कित्ता सेयर लिलामीमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सेती फाइनान्सको दुई लाख ४९ हजार ९१८ कित्ता सेयर लिलामीमा

Artha Sarokar

११ फाल्गुन २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता

काठमाडौं  – सेती फाइनान्सको दुई लाख ४९ हजार ९१८ कित्ता सेयर बुधबारदेखि लिलामीमा बिक्री खुला भएको छ । फाइनान्सले एक लाख ८३ हजार २३५.८६ कित्ता संस्थापक सेयर र ६६ हजार ६८२.१४ कित्ता सर्वसाधारण समूहको सेयर लिलामीमा बिक्री सुरु गरेको हो । सेयर खरीदका लागि आवेदकले फागुन १९ गतेभित्र बोलपत्र पेस गरिसक्नु पर्नेछ ।
न्यूनतम एक सय रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी दरखास्त पेस गर्नुपर्नेछ । हकप्रद निष्कासनका बेला बिक्री नभएको सेयर सेतीले यतिबेला लिलामीमा बिक्री थालेको हो । 
सेतीले मंसिर १ देखि पुस ५ गतेसम्म हकप्रद बिक्री खुला गरेको थियो । बोलपत्र आवेदन फारम सेती फाइनान्स लिमिटेड टिकापुर, कैलाली वा एनआइबीएल क्यापिटल मार्केट्स लिमिटेड लाजिम्पाट काठमाडौंबाट लिन र बुझाउन सकिनेछ ।
सेतीको बिक्री प्रबन्धक एनआइबीएल क्यापिटल मार्केट्स लिमिटेड रहेको छ । बोलपत्र फागुन २२ गते एनआइबीएल क्यापिटल मार्केट्स लिमिटेड लाजिम्पाट काठमाडौंमा दिउँसो ३ बजे खोलिनेछ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी