Skip to content
LAXMI SUNRISE BANK

सेवाको १२ लाख ६१ हजार कित्ता हकप्रद सेयरको विक्री सुरु

अर्थ सरोकार

सेवा विकास बैंक लिमिटेडको १२ लाख ६१ हजार सात सय ७८ कित्ता हकप्रद सेयरको विक्री मंगलबार (आज) देखि सुरु भएको छ । संस्थापक समूहतर्फ १० लाख ४० हजार १ सय ७१ कित्ता र सर्वसाधारण समूहतर्फ २ लाख २१ हजार ६ सय ७ कित्ता हकप्रद सेयर लिलामीमा विक्री गर्न लागेको हो । सेवाले गत मङ्सिर २३ गते देखि पुस २३ गतेसम्म हकप्रद सेयरको विक्री खुला गरी आवेदन माग गरेकोमा संस्थापक र सर्वसाधारण सेयर बाँडफाँड भई बाँकी भएको सेयरका लागि शिलबन्दी बोलपत्र आह्वान गरेको हो ।

कम्पनीको हकप्रदमा फागुन २३ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न पाइनेछ । सेयरको न्यूनतम मूल्य प्रतिसेयर एक सय रुपैयाँ निर्धारण गरिएको छ । जसअनुसार, एक सय रुपैयाँ वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । कम्पनीको सेयर खरीदको लागि बोलकबोल गर्दा न्यूनतम सय कित्ता वा सो भन्दा १० ले भाग जाने सम्पूर्ण आवेदन दिन सक्नेछ ।

कम्पनीले बाँडफाँटमा परेका आवेदकहरुलाई आवेदककै हितग्राही खातामा सेयर नामसारी गर्नेछ । त्यसैले, आवेदनमा हितग्राही खाता अनिवार्य रुपमा उल्लेख गर्नुपर्ने बताइएको छ । कम्पनीको विक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK