×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सांग्रिला डेभलपमेन्टले गर्यो प्रगति नै प्रगति, खुद नाफा १२ करोड भन्दा बढी कमाउन सफल

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सांग्रिला डेभलपमेन्टले गर्यो प्रगति नै प्रगति, खुद नाफा १२ करोड भन्दा बढी कमाउन सफल

२६ माघ २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता

काठमाडौं – सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड  (Shangrila Development Bank Ltd.) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा निक्षेप गत वर्षको सोहि अवधिमाभन्दा ३१ दशमलव ९२ प्रतिशतले बढाएर १२ अर्ब ४ करोड रुपैयाँ संकलन गर्न सफल भएको छ । भने कर्जामा ५२ दशमलव ९३ प्रतिशत वृद्धि गरि १० अर्ब ५७ करोड रुपैयाँ कर्जा प्रवाह गर्न सफल भएको छ ।
बैंक (SADBL) ले खुद मुनाफा १२ करोड ९६ लाख रुपैयाँ कमाउन सफल भएको छ । यो गत वर्षको सोहि अवधिको तुलनाभन्दा ३७ दशमलव ७६ प्रतिशतले बढी हो ।
१ अर्ब ७ करोड ३४ लाख रुपैयाँ चुक्ता पूँजी भएको सांग्रिला डेभलपमेन्ट बैंकले जगेडा कोषमा ५० करोड ६७ लाख रुपैयाँ छुट्याएको छ । बैंकको खुद व्याज आम्दानी ६५ दशमलव १८ प्रतिशतले बढेर ३३ करोड ११ लाख रुपैयाँ पुगेको छ । संचालन मुनाफा ३५ दशमलव ४५ प्रतिशतले वृद्धि गरी १९ करोड ९९ लाख रुपैयाँ पुगेको छ । बैंकको प्रोभिजनमा ५ करोड २३ लाख रुपैयाँ राखेको छ ।
बैंकको जोखिम युक्त सम्पति १५ दशमलव ७५ प्रतिशत रहेको छ भने निष्क्रिय कर्जा शून्यदशमलव ६८ प्रतिशत रहेको छ ।
बैंकको प्रतिशेयर आम्दानी २४ दशमलव १६ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ १ सय ४७ दशमलव २१ रुपैयाँ रहेको छ । मूल्य आम्दानी अनुपात १३ दशमलव ६६ रुपैयाँ रहेको छ भने तरलता अनुपात २८ दशमलव ९५ प्रतिशत रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: