
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – सिद्दार्थ बैंकको ३९ प्रतिशत बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम दिन हो। ३९ प्रतिशत बोनस सेयरका लागि माघ २० मा बुक क्लोज गर्ने निर्णय गरेकाले माघ १९ सम्म कायम सेयरधनीहरुले मात्र बोनस सेयर पाउने छन।
बैंकले गत आर्थिक बर्षको कमाईबाट ४९ दशमलब ७५ प्रतिशत बोनस शेयर ९३९ प्रतिशत हकप्रदपछि० दिने निर्णय गरेको सिद्दार्थ बैंकले फागुन ५ मा डाकिएको साधारणसभा प्रयोजनका लागि सेयरधनी दर्ता पुस्तिका बन्द गर्ने निर्णय गरेको हो। गत बर्ष बैंकले २० प्रतिशत बोनस शेयर वितरण गरेको थीयो। २५ प्रतिशत हकप्रद र ३९ प्रतिशत बोनस शेयर वितरणपछि बैंकको चुक्ता पुंजी ५ अर्ब ८६ करोड रुपैयाँ पुग्ने छ।
बैंकको पुष २७ मा बसेको संचालक समितिको बैठकले बोनस सेयर वितरणपछि कायम चुक्ता पुंजीबाट थप ३० प्रतिशत हकप्रद दिने प्रस्ताब साधारणसभामा लैजाने भएको छ।
३० प्रतिशत हकप्रद वितरणपछि बैंकको चुक्ता पुंजी ७ अर्ब ६१ करोड नाघ्ने छ। उक्त ३० प्रतिशत हकप्रद प्रस्ताब फागुन ५ मा डाकिएको साधारणसभाले पारित गरेपछि निष्काशन प्रक्रिया अघि बढ्ने छ। हाल बैंकको चुक्ता पुंजी ३ अर्ब ३७ करोड रुपैयाँ रहेको छ। बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा कमाईमा ५२ प्रतिशतको बढोत्तरी गर्दै ७४ करोड ९४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्