×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिद्धार्थ बैंकको साधारण सभा बिहीबार सम्पन्न, हेर्नुस के–के भयो ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सिद्धार्थ बैंकको साधारण सभा बिहीबार सम्पन्न, हेर्नुस के–के भयो ?

५ फाल्गुन २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – सिद्धार्थ बैंकको बिहीबार सम्पन्न साधारण सभाले ३९ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ । बैंकले यसअघि बिक्री गरेको २५ प्रतिशत हकप्रदलाई समेत जोडेर ३९ प्रतिशत बोनस सेयर दिएको हो । 
बैंकले अब फेरि बोनस सेयरपछि कायम हुने चुक्ता पुँजीलाई जोडेर अर्को ३०५ हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि साधारण सभाले पारित गरेको छ । बैंकले एक सय कित्ता सेयर बराबर थप ३० कित्ता हकप्रद सेयर दिने भएको हो ।
साधारण सभामा बोल्ने सेयरधनीहरुले बैंकले कस्ट अफ फन्डलाई कम गर्नुपर्ने सुझाव दिए । बैंकको कस्ट अफ फन्ड अहिले ४।१६५ छ । यसलाई अझ घटाउनुपर्ने सेयरधनीको सुझाव छ । लगानीकर्ता उत्तम पाठकले सम्पूर्ण सेयरधनीलाई वार्षिक प्रतिवेदन साधारण सभा आयोजना हुनुभन्दा पहिले नै उपलब्ध गराइदिन आग्रह गरे । उनले आठ अर्ब चुक्ता पुँजी पुग्दा पनि सेयरधनीले पाउने लाभांशमा कमी नहोस भनेर बैंकले अहिलेबाटै स्पष्ट कार्यदिशा तय गर्नुपर्ने बताए । 
मर्जरले बैंकलाई धेरै फाइदा भएको अर्का सेयरधनी डमरुप्रसाद घिमिरेको निस्कर्ष थियो । ‘२५५ हकप्रदसहित ३९५ बोनस पाउनु र फेरि ३०५ हकपद्र आउँदा लगातीकर्ताका लागि दुवै हातमा लड्डू बाराबर हो’ घिमिरेले भने । धेरै लगानीकर्ताले सिद्धार्थलाई साधारण सभा चाँडो गर्न सुझाव दिए । सिद्धार्थले बिजनेस युनिभर्सल डेभलपमेन्ट बैंकलाई गाभेको हो । 
चालु आर्थिक वर्षको दोस्रो त्रैमासको रिपोर्ट अनुसार बैंकको खुद नाफा ७२ करोड ६० लाख ३७ हजार रुपैयाँ छ । सिद्धार्थको चुक्ता पुँजी पाँच अर्ब २३ करोड ५० लाख आठ हजार रुपैयाँ छ भने रिजर्भ कोषमा दुई अर्ब ४७ करोड १८ लाख ६१ हजार रुपैयाँ छ । बैंकको प्रतिसेयर आम्दानी २७ रुपैयाँ ७४ पैसा र प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ २२ पैसा छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: