
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – समीट माइक्रो फाइनान्स डेभलपमेन्ट बैक लिमिटेड (Summit Micro finance Ltd.) ले दोस्रो त्रैमासमा खुद मुनाफा ५० दशमलव ५६ प्रतिशतले वृद्धि गरी २ करोड ५२ लाख रुपैयाँ कमाएको छ । अघिल्लो वर्षको सोहि अवधिमा नाफा १ करोड ६७ लाख रुपैयाँ कमाएको थियो ।
७ करोड २५ लाख रुपैयाँ चुक्ता पूँजी भएको समीट माइक्रो फाइनान्सले जगेडाकोषमा ७ करोड १० लाख रुपैयाँ राखेको छ । निक्षेपमा ३९ दशमलव ९७ प्रतिशतले वृद्धि गरी ४१ करोड ६३ लाख रुपैयाँ संकलन गरी कर्जामा ९३ करोड ७९ लाख रुपैयाँ लगानी गरेको छ ।
समीट माइक्रो फाइनान्सको खुद व्याज आम्दानी ३५ दशमलव ७७ प्रतिशतले वृद्धि गरी ५ करोड ७५ लाख रुपैयाँ पुगेको छ र संचालन मुनाफा ५० दशमलव ५६ प्रतिशतले वृद्धि गरी ३ करोड ९७ लाख रुपैयाँ पुगेको छ । जसको प्रोभिजनमा ७ लाख रुपैयाँ राखिएको छ ।
समीट माइक्रो फाइनान्सको निष्कृय कर्जा शुन्य दशमलव ४३ प्रतिशत, जोखिम युक्त सम्पत्ति १५ दशमलव ०२ प्रतिशत, प्रतिशेयर आम्दानी ३४ दशमलव ८५ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ७७ दशमलव १४ गुणा, प्रतिशेयर नेटवर्थ १ सय ८९ दशमलव ०५ रुपैयाँ र तरलता अनुपात ६ दशमलव ४१ प्रतिशत रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्