- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले चालू आवको दोस्रो त्रैमासमा खुद मुनाफा रू। १४ लाख ६५ हजार कमाउन सफल भएको छ । गत आवमा खुद मुनाफा ऋणात्मक रहेको थियो । खुद ब्याज आम्दानी रू। ९९ लाख ९७ हजार पुगेको छ । यो गत आवको तुलनामा साढे २२ गुणा बढी आम्दानी होे ।
त्यसैगरी गत आवमा ऋणात्मक रहेको सञ्चालन नाफा चालू आवमा रू। ४ लाख १६ हजार पुगेको छ । कम्पनीको चालू आवको दोस्रो त्रैमासमा खराब कर्जा रू। ९ लाख ८९ हजार उठेको छ । कम्पनीको खराब कर्जा र खुद ब्याज आम्दानी बढनाले खुद मुनाफा बढ्नमा टेवा पुगेको हो ।
कम्पनीको चालू आवको दोस्रो त्रैमासमा चुक्ता पूँजी रू। ४ करोड २० लाख पुगेको छ । यो गत आवको तुलनामा ३ गुणाले बढी हो । त्यसैगरी गत आवमा ऋणत्मक रहेको जगेडा कोष चालू आवमा पनि रू। १२ लाख ७ ले हजार ऋणात्मक रहेको छ । कर्जा तथा सापटी रू। २१ करोड ८३ लाख पुगेको छ । यो गत आवको तुलनामा साढे १२ गुणा बढी हो । कम्पनीको निष्क्रिय कर्जा शून्य दशमलव शून्य ८ प्रतिशत रहेको छ ।