
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – स्वालंबन लघुवित्त विकास बैंक लिमिटेडले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा सामान्य प्रगति गरेको विवरण प्रस्तुत गरेको छ। यस अवधिमा स्वालंबनले १२ दशमलब ८५ प्रतिशतले खुद मुनाफा बढाउन सफल भएको छ।
गत आर्थिक बर्षको यस अवधिमा १२ करोड ५६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको गरेको यस लघुवित्तले यस अवधीमा १४ करोड १७ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ।
यस अवधिमा स्वालंबनले ३ अर्ब ५७ करोड निक्षेप संकलन गरेको छ भने ३ अर्ब ४६ करोड सापटी लीई ७ अर्ब ६ करोड कर्जा परिचालन गरेको छ। गत बर्षको यस अवधिमा स्वालंबनले ५ अर्ब ४३ करोड कर्जा परिचालन गरेको थियो। यस अवधीमा स्वालंबनको खुद ब्याज आम्दानी ४१ करोड ३ लाख रुपैयाँबाट बढेर ४८ करोड ६४ लाख रुपैयाँ पुगेको छ।
यस अवधीमा स्वालंबनको चुक्ता पुंजी ४१ करोड ८५ लाख रुपैयाँ रहेको छ भने जगेडा कोष रकम ६१ करोड २८ लाख रुपैयाँ रहेको छ। यस अवधिमा स्वालंबनको प्रति सेयर आम्दानी ६७ रुपैयाँ ७४ पैसा, प्रति सेयर नेटवर्थ २४६ रुपैयाँ र मूल्य आम्दानीको अनुपात १८ रुपैयाँ ९० पैसा रहेको छ।
स्वालंबन लघुवित्तले गत आर्थिक बर्षको कमाईबाट वितरण गरेको बोनस सेयर पुंजीकृत गरि प्रति सेयर आम्दानी देखाएको छ। स्वालंबनले गत आर्थिक बर्षको कमाईबाट ३४ प्रतिशत बोनस सेयर र १९ दशमलब ६८ प्रतिशत नगद लाभांश वितरण गरेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्