×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्वरोजगार लघुवित्तको नाफामा सामान्य मात्र वृद्धि

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

स्वरोजगार लघुवित्तको नाफामा सामान्य मात्र वृद्धि

Artha Sarokar

२६ माघ २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – ६ करोड ९९ लाख रुपैयाँ रुपैयाँ चुक्ता पूँजी भएको स्वरोजगार लघुवित्त बिकास बैंक (Swarojgar Laghu Bitta Bikas Bank Ltd.)  ले दोस्रो त्रैमासको खुद मुनाफामा ७ दशमलव ६५ प्रतिशतले वृद्धि गरी मुनाफा १ करोड ४२ लाख रुपैंया कमाएको छ । अघिल्लो वर्षको सोहि अवधिमा स्वरोजगारले १ करोड ३२ लाख रुपैंयाँ मुनाफा कमाएको थियो ।
बैंक (SLBBL) ले ३ करोड १८ लाख रुपैयाँ जगेडाकोषमा राखेको छ । निक्षेपमा ५० दशमलव ४८ प्रतिशतले वृद्धि गरी ३६ करोड ४१ लाख रुपैयाँ संकलन गरेको छ । कर्जा तर्फ भने यस बैंकले ८८ करोड ८१ लाख रुपैयाँ लगानी गरेको छ । जुन गत वर्षको तुलनाभन्दा ६४ दशमलव ६४ प्रतिशतको वृद्धि हो । बैंकले आफ्नो खुद व्याज आम्दानीमा पनि वृद्धि गर्न सफल भएको छ । बैंकले ३३ दशमलव २७ प्रतिशतले खुद ब्याज आम्दानीमा बढाएर ४ करोड १४ लाख रुपैयाँ पुगेको छ । त्यस्तै सञ्चालन मुनाफामा ७ दशमलव ६६ प्रतिशतले बढेर २ करोड २३ लाख रुपैयाँ पुगेको छ । बैंकले प्रोभिजनमा ४४ लाख रुपैयाँ छुटाएको छ ।
बैंकको प्रतिशेयर आम्दानी वार्षिक ४० दशमलव ०७ रुपैयाँ रहेको छ भने मुल्य आम्दानीको अनुपात वार्षिक ४१ दशमलव ७७ गुणा रहेको छ । प्रतिशेयर नेटवर्थ १ सय ४५ दशमलव ५३ रुपैयाँ र तरलता अनुपात १० दशमलव ९९ प्रतिशत रहेको छ । बैंकको निष्कृय कर्जा शुन्य दशमलव ३२ प्रतिशत रहेको छ भने जोखिमयुक्त सम्पत्ति ११ दशमलव ७६ प्रतिशत रहेको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी