×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिनर्जी फाइनान्सको मुनाफा २२ गुणाले बढ्यो

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सिनर्जी फाइनान्सको मुनाफा २२ गुणाले बढ्यो

२१ माघ २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – सिनर्जी फाइनान्स लिमिटेड (Synergy Finance Ltd.)  ले दोस्रो त्रैमासमा मुनाफा २२ गुणाले वृद्धि गरी १८ करोड ५१ लाख रुपैयाँ कमाएको छ । अघिल्लो वर्षको सोहि अवधिमा फाइनान्सले मुनाफा ८२ लाख रुपैयाँ कमाएको ।
४७ करोड ४४ लाख रुपैयाँ पूँजी भएको बैंकले निक्षेपमा ६ दशमलव २१ प्रतिशतले वृद्धि गरी १ अर्ब ९४ करोड ९४ लाख रुपैयाँ पुगेको छ । कर्जामा २४ दशमलव ६५ प्रतिशतले वृद्धि गरी १ अर्ब ६१ करोड ३५ लाख रुपैयाँ लगानी गरेको छ । खुद व्याज आम्दानीमा १६० प्रतिशतले बढेर ४ करोड ४० लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ४ लाख रुपैयाँ नोक्सानमा रहेको छ ।
फाइनान्स (SFL)  को निष्कृय कर्जा २० दशमलव ४३ प्रतिशत, जोखिम युत्त सम्पत्ति १४ दशमलव ८७ प्रतिशत, प्रतिशेयर आम्दानी ३९ दशमलव ०४ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ३ दशमलव ६४ गुणा र प्रतिशेयर नेटवर्थ ९२ दशमलव ८८ रुपैयाँ रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: