×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

युनाइटेड मोदी हाइड्रोको सवा १७ करोड आइपिओ भयो निष्कासन, मोदी खोलामा साढे १० मेगावाटको प्रोजेक्ट बन्दै

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

युनाइटेड मोदी हाइड्रोको सवा १७ करोड आइपिओ भयो निष्कासन, मोदी खोलामा साढे १० मेगावाटको प्रोजेक्ट बन्दै

९ फाल्गुन २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौँ – युनाइटेड मोदी इन्स्योरेन्सले १७ करोड २५ लाख रुपैयाँ बराबरको १७ लाख २५ हजार कित्ता प्राथमिक शेयर आइपिओ निष्कासन गरेको छ । कम्पनीले त्यसमध्ये ३४ हजार ५०० कित्ता कर्मचारी र ८६ हजार २५० कित्ता सामूहिक लगानी कोषको लागि आरक्षित गरेको छ । 
प्रति शेयर १०० रुपैयाँ अंकित मूल्यको निष्कासनमा न्युनतम ५० देखि अधिकतम १५ हजार कित्तासम्म आवेदन गर्न सकिने निस्कासन तथा बिक्री प्रबन्ध क एनआइबिएल क्यापिटलले जनाएको छ । १९ फागुनमा बिक्री खुला गरि छिटोमा त्यही महिनाको २३ गते र ढिलोमा ३ चैतमा बन्द गर्ने जनाइएको छ । 
कम्पनीले पर्वतको कुश्मा नगरपालिकास्थित मोदी खोलामा निर्माण गरेको १० मेगावाटको तल्लो मोदी -१ परियोजनाबाट अहिले बिजुली उत्पादन भइरहेको छ । उक्त परियोजना २०६९ सालमै निर्माण पूरा भएको थियो । 
अहिले तल्लो मोदी -१ को ‘क्यासकेट  प्रोजेक्ट’को रुपमा कम्पनीले साढे १० मेगावाटको तल्लो मोदी -२ को निर्माण प्रक्रिया अघि बढाएको छ । कम्पनीले यसअघि नै उक्त परियोजना बनाउने सोचसहित कर्मचारी आवास, पहुँच मार्ग, इन्टेक एवं १३२ केभी प्रशारण लाइन समेत पूरा गरिसकेको जनाएको छ । 
कम्पनीको शेयर संरचना अनुसार ७५ प्रतिशत संस्थापकहरुको लगानी रहेको छ । १० प्रतिशत आयोजना प्रभावित क्षेत्र र १५ प्रतिशत सर्वसाधारणकालागि खुला गरिएको हो । कम्पनीले आयोजना प्रभावितका लागि खुलाएको शेयर गत कात्तिकमा बाँडफाँड पूँजीकरण समेत गरीसकेको जनाएको छ। कम्पनीका संस्थापक शेयरधनी भने ३५९ जना रहेका छन् ।   
कम्पनीको अध्यक्षमा निर्माण व्यवसायी सुकुन्तलाल हिराचन रहेका छन्। कम्पनीले आगामी आर्थिक बर्ष २०७३ /७४ देखि लाभांश वितरण गर्ने लक्ष्य राखेको छ । चालु आर्थिक बर्ष देखिनै कम्पनी मुनाफामा जाने विवरण समेत आह्वान पत्रमा उल्लेख छ । 
कम्पनीको शेयरमा एनआइबिएल क्यापिटलको केन्द्रीय कार्यालय लाजिम्पाट, सिबिआईएल क्यापिटल, काठमाडौँ क्यापिटल, भिबोर क्यापिटल, गोर्खाज फाइनान्सका शाखाहरु, आइसिएफसी फाइनान्सका शाखाहरु, सिनर्जी फाइनान्सका शाखाहरु, हाम्रो विकास बैंक नुवाकोट, ग्रीन डेभलपमेन्छ बैंक बाग्लुङ र साझा विकास बैंकका शाखा मार्फत आवेदन दिन सकिनेछ । 
त्यस बाहेक ‘एप्लिकेशन सपोर्ट बाइ ब्लक सिष्टम ९आस्वा०’ स्वीेकृति लिएका बैंकमा खाता हुनेले आस्वा प्रणाली मार्फत लगानी गर्न सक्ने समेत जनाइएको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: