×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विजया लघुवित्त सफल भयो ८३ लाख रुपैयाँ मुनाफा कमाउन, संस्थाको नाफा ८३.७६ प्रतिशतले बढ्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

विजया लघुवित्त सफल भयो ८३ लाख रुपैयाँ मुनाफा कमाउन, संस्थाको नाफा ८३.७६ प्रतिशतले बढ्यो

२७ माघ २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ  सरोकार संम्वाददाता

काठमाडौं – विजया लघुवित्त वित्तीय संस्था लिमिटेड (vijaya laghubitta bittiya sanstha ltd.) ले दोस्रो त्रैमासमा मुनाफा १ करोड ५३ लाख रुपैयाँ कमाउन सफल भएको छ जुन गत वर्षको तुलनामा ८३ दशमलव ७६ प्रतिशतले वृद्धि भएको हो । कम्पनीले गत वर्षको सोहि अवधिमा ८३ लाख रुपैयाँ मुनाफा कमाएको थियो ।
कम्पनीले निक्षेपमा १ सय ९३ प्रतिशतले वृद्धि गरी ९ करोड ६० लाख रुपैयाँ संकलन गरेको छ । कर्जामा १ सय ७ प्रतिशतले वृद्धि गरी ६३ करोड ८७ लाख रुपैयाँ लगानी गरेको छ । त्यस्तै खुद व्याज आम्दानीमा ६५ प्रतिशतले बढेर ३ करोड ७२ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ४३ दशमलव ०५ प्रतिशतले वृद्धि गरी १ करोड ८३ लाख रुपैयाँ रहेको छ । कम्पनीले प्रोभिजनमा ४४ लाख रुपैयाँ राखेको छ ।
कम्पनी (VLBS) को निष्कृय कर्जा १ दशमलव ०८ प्रतिशत रहेको छ भने जोखिम युत्त सम्पति २६ दशमलव ९६ प्रतिशत रहेको छ । प्रतिशेयर आम्दानी वार्षिक १९ दशमलव १२ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ४१ दशमलव ७९ गुणा, प्रतिशेयर नेटवर्थ १ सय १५ दशमलव ४५ रुपैयाँ र तरलता अनुपात १६ दशमलव ३१ प्रतिशत रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी