×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘असुरक्षित’ भएको थाहा पाएपछि केपी ओलीले स्कोरपियो चढ्न छाडेको खुलासा !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – विश्वभरका कारहरुको सुरक्षाको मापदण्ड मापन गर्ने संस्था ग्लोबल एनक्याप (नयाँ कार मुल्यांकलन कार्यक्रम)ले ‘असुरक्षित’ भन्दै ‘जिरो स्टार’ दिएको ‘महेन्द्रा स्कोरपियो’कारहरु नेपालका केहि प्रतिष्ठित नेताहरुले चढ्ने गरेको खुलासा भएको खबर अर्थ सरोकार डटकमले सार्वजनिक गरेको केहि दिनमै पूर्व प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले असुरक्षित भएको थाहा पाएपछी उक्त गाडी चढ्न छाडेको खुलासा भएको छ ।

पूर्व प्रधानमन्त्री केपी ओलीले लामो समयसम्म भारतमा असुरक्षित भनिएको उक्त स्कोरपिओ गाडी चढेका थिए । अर्थ सरोकार डटकमलाई प्राप्त जानकारी अनुसार प्रधानमन्त्री हुनु अघिको केही समयसम्म उनले ‘टाटा स्टोर्म’ चढेका थिए । त्यसभन्दा पनि पहिला भने उनले हरियो रङ्गमा कालो सिसा लगाएको स्कोरपीओ चढेका थिए ।

अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै एमाले मुख्यालयका एक कर्मचारीका  भन्छन्, ‘अध्यक्षज्यूले ‘एनक्याप’ले असुरक्षीत घोषणा गरेको थाहा पाएपछि स्कोरपीओ’ चढ्न छाड्नुभएको थियो । उहाँ धेरै कुरामा सचेत राजनेता हो । यो कुरा पनि उहाँले थाहा पाएपछि यसबारे थप अध्ययन गर्नुभएको थियो । एनक्यापले असुरक्षित घोषणा गरेको थाहा पाएपछि उहाँले स्कोरपीओ चढ्न छाड्नु भएको हो ।’

उनका अनुसार उक्त गाडी असुरक्षित भएको प्रतिवेदन सार्वजनिक भएपछी भारतका कतिपय स्थानहरुमा प्रतिबन्धित छ भने भारतका नेताहरुले यो गाडी असुरक्षित छ भन्ने प्रतिवेदन सार्वजनिक भएको जानकारी समेत ओलीलाई छ ।  ‘भारतीय तथ्यांक हेर्ने हो भने अधिकांस दुर्घटना यहि गाडीमा भएको देखिन्छ भन्ने कुरापनि उहाँलाई राम्रोसँग थाहा छ । केहि अध्ययनपछी उहाँले आफु स्कोरपियो नचढ्ने बताउनुभएको थियो। ‘ उनले भने । 

कुन कुन नेताले चढ्छन् भारतको असुरक्षित गाडी ?
याँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले एनक्यापले असुरक्षित भनेको यहि गाडी चढ्दै आएका छन् । आफू प्रधानमन्त्रीमा निर्वाचित भएको समयमा नेपालमै बनेको मुस्ताङ म्याक्स चढेका थिए भट्टराइले पछी यो असुरक्षित गाडी चढेका थिए । भारतीय कुराहरुमा बढी चासो राख्ने भन्ने आरोप लागेका नेता भट्टराइलाइ यसबारे भने थाहा नभएको बुझिएको छ ।
एमाले वरिष्ठ नेता माधव नेपाल पनि यहि असुरक्षित गाडीमा चढ्ने गरेका छन् । माधव नेपाल निकट स्रोतले बताएअनुसार उनले सेतो रङ्गको स्कोरपीओ चढेको धेरै बितिसकेको छ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामभन्द्र पौडेलपनि सेतो रंगको यहि असुरक्षित गाडी चढ्दै आएका छन् । 
अचम्म लाग्दो कुरा त के हो भने सरकारले संसदीय समितिका सभापतिहरुलाई पनि यही असुरक्षित गाडी उपलब्ध गराउँदै आएको छ । यी गाडी उपलब्ध गराउने सन्दर्भमा यो गाडीको भारतीय एजेन्ट र नेपालको आधिकारिक विक्रेता अग्नि अग्नि इन्टरकर्पाेटेड प्रालिले मिलेर मोटो कमिसन खाएको स्रोतको आरोप छ । एमाले युवा नेता रविन्द्र अधिकारी पनि यस्तै असुरक्षित गाडी चढ्छन् । 
कांग्रेसका पुराना नेता कुल बहादुर गुरुङ पनि सेतो रङको स्कोरपीओमा चढ्दै आएका छन् भने स्वास्थ्यमन्त्री गगन थापाले पनि यहि असुरक्षित गाडी चढ्दै आएका छन् । यता नेता उपेन्द्र यादव लगायतका केहि मधेशी नेताले पनि यहि गाडी चढ्दै आएका छन् ।

अर्थ सरोकार अटो अपरेशनका यी सामाग्री छुटे कि ?
अपरेशन नम्बर ६ 
हुन्डाइ कार बेच्ने कम्पनी भन्छ, ‘पत्रकारको काम लेख्ने हो, लेखिरहुन्, हाम्रो काम जनता लुट्ने हो, लुटिरहन्छौं’

अपरेशन नम्बर ५  : 
अपरेशन नम्बर ४ : 
अपरेशन नम्बर ३ :

अपरेशन नम्बर २ : 

अपरेशन नम्बर १ : 

    `); var fisrc = $c.find('img:first').attr('src'); $('.entry-content img[src="'+ fisrc +'"]').hide();
    Hamro Parto AD
    NMB BANK
    TRITON COLLEGE

    प्रतिक्रिया दिनुहोस्

    सिफारिस: