
- अर्थ सरोकार सम्वाददाता
काठमाण्डौ – नेपाल जन्मेदेखि नै हिमाल, पहाड र तराइको समागम भएकाले यो भौगोलिक निर्भरतालाई कसैले तोड्न नसक्ने बताउदै एमाले पार्टीका उपाध्यक्ष वामदेव गौतमले बताएका छन । मेची महाकाली अभियान अन्र्तगत भैरवाहामा पुगेका एमाले उपाध्यक्ष गौतमले भने ‘नेपालको तराई राजेन्द्र महतो, उपेन्द्र यादव, वा महन्थ ठाकुरले पेट बोकेर जन्माएको होइन ।’ नेपाल विरुद्ध नाकाबन्दी लाग्दा सिमामा भोज खाने नेपाली हुन नसक्ने उनको टिप्पणी थियो ।
उनले कञ्चनपुरमा भारतीय एसएसबीले नेपालको सीमाभित्र पसी गोबिन्द गौतमको हत्या गरेको घटनालाई सामसुम पार्न सरकारले प्रयत्न गरिरहेको आरोप लगाए । पूर्व उपप्रधानमन्त्री भइसकेका गौतमले भने,‘भारतले नेपाली नागरिक गोबिन्द गौतमको हत्या गरेकोमा माफी माग्नुपर्छ र कम्तिमा पनि एक करोड रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने बताए ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले सत्तामा बस्ने मधेशी मोर्चा, माओबादी र कांग्रेस एक–आपसमा कुटेको र रोएको अभिनय गर्ने काममा लिप्त भएको आरोप लगाएका छन् । उनले मधेसलाई ठग्नकै लागि मधेसी मोर्चा गठन गरिएको आरोप समेत लगाए । वर्तमान सरकारमा चारतिर टाउको फर्केका दललाई मीत लगाइदिएर गठबन्धन बनाइएको र मीत लगाइदिनेले नै संविधान संशोधन चाहेको उनले स्पष्ट पारे ।
उनले अघि भने,‘नेपालमा देशभक्त र विकासप्रेमी सरकार हटाएर विदेशीको इसारामा चल्ने सरकार ल्याइएको छ।’
भारतीय सुरक्षकर्मीले कञ्चनपुरमा गोबिन्द गौतमको हत्या गरेको घटना उल्लेख गर्दै प्रचण्ड सरकार उक्त हत्या काण्डमा लाचार भएको टिप्पणी गरे । हाम्रो सरकार बोल्दैन, मौन छ, तर सप्तरीमा नेपालका सुरक्षकर्मीमाथि बम आक्रमण गर्नेलाई यो सरकार केही भन्दैन, उल्टो आफ्नो देशको सुरक्षा गर्ने प्रहरीलाई कारवाही गर्छु भन्छ, यो कसको सरकार हो रु, हामीले त बुझ्न सकेको छैन्।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्